बालिका बलात्कारकाे आरोपमा पक्राउ युवक लाई १२ बर्ष जेलज
सारांश
- जिल्ला अदालत उदयपुरले पाँच वर्षीया बालिका बलात्कारकाे आरोपमा पक्राउ परेका एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ।
- जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो।
- बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।
जिल्ला अदालत उदयपुरले पाँच वर्षीया बालिका बलात्कारकाे आरोपमा पक्राउ परेका एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ।
जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो।
बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए।
यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ।
प्रतिक्रिया