बिजुली कात्ने कर्मचारीमा कुलमानको छद्के ।

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
बिजुली कात्ने कर्मचारीमा कुलमानको छद्के ।

सारांश

  • कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ ।
  • प्राधिकरणले आज नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न निर्देशन दिएको हो ।
  • राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ ।

कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ ।

प्राधिकरणले आज नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न निर्देशन दिएको हो । राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ ।

सार्वजनिक बिदामा समेत आफ्नो विद्युत् केन्द्रको उत्पादन, सञ्चालन, सम्भारलगायतका हरेक गतिविधिमा उत्तिकै संवेदनशील र जवाफदेही रहनुपर्ने भएकाले कार्यालय नछाड्न भनिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले संवेदनशील केन्द्रका प्रमुख, प्राविधिक कर्मचारीले तोकिएको कार्यालय तथा केन्द्र छाड्नै परे अनुमति लिएर मात्रै छाड्न, आवश्यक परेको खण्डमा उपलब्ध हुने गरी समय व्यवस्थित गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणले तिहारलाई लक्षित गरी वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्ने गरी परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका ११० वटै वितरण केन्द्रलाई विद्युत् सेवा पुगेका कुनै पनि घरमा सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । प्राधिकरणले तिहारमा विद्युत्को अधिकतम माग एक हजार २७० मेगावाट हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा : पानीमा चिनीजस्तो हुनुपर्नेमा तेल तैरिएजस्तो
नेकपा : पानीमा चिनीजस्तो हुनुपर्नेमा तेल तैरिएजस्तो
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
गोसाइँकुण्ड पुगे १० हजार भक्तजन
गोसाइँकुण्ड पुगे १० हजार भक्तजन
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
Popular Terme Conseillé 1xbet Ng Using Generous Odds Previously In Nigeria
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
एमालेलाई मधेशविरोधी भन्ने स्वार्थी मान्छे हुन् : ओली
एमालेलाई मधेशविरोधी भन्ने स्वार्थी मान्छे हुन् : ओली
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा

तपाईंले छुटाउनुभयो कि?