बिमस्टेक सम्मेलनमा भाग लिन यी विशिष्ट पाहुना काठमाडौंमा
सारांश
- काठमाडौं १३ भदौ ।
- काठमाडौंमा भोलिदेखि शुरु हुने चौंथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सदस्य देशका सरकार प्रमुख नेपाल आउँदैछन् ।
- सम्मेलनका लागि मंगलबारदेखि नै विदेशी पाहुना आउन थालेका हुन् ।
काठमाडौं १३ भदौ । काठमाडौंमा भोलिदेखि शुरु हुने चौंथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सदस्य देशका सरकार प्रमुख नेपाल आउँदैछन् ।
सम्मेलनका लागि मंगलबारदेखि नै विदेशी पाहुना आउन थालेका हुन् । हिजो म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिव काठमाडौं आइसकेका छन् ।
भोलिदेखि शुरु हुने बिमस्टेक सम्मेलनमा भोलि बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने कार्यक्रम छ । त्यसैगरी भोलि नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद आइपुग्ने कार्यक्रम रहेको छ । थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा पनि बिहीबार नै नेपाल आउँदैछन् ।
आज बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउँदैछन् । त्यसैगरी आज नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउनेछन् । मंगलबार बसेको सचिव स्तरीय बैठकले सम्मेलनका लागि १६ वटा एजेण्डा तयार गरेको छ ।
प्रतिक्रिया