बुढाथोकीद्वारा शपथ ग्रहण

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २४, २०८०
|
|
५१ पटक हेरिएको
Shares
बुढाथोकीद्वारा शपथ ग्रहण

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा.
  • प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिएका छन्।

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त भएका छन् ।

यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले यही वैशाख ८ गते बुढाथोकीलाई सदस्य पदमा नियुक्त गरे पनि शपथ भने बाँकी थियो । बुढाथोकीले आजै पदभार ग्रहणसमेत गरेका छन् । आयोगको कामकारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताए ।

आयोगको सदस्यका रुपमा यसअघि नै डा. रामकुमार फुँयाल, डा. जयकान्त राउत, प्रा. डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसकेका छन् ।

को हुन् बुढाथोकी ?

बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएको व्यक्ति हुन्। रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको ‘रिसोर्स गभर्नेस’मा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा स्नातक गर्नुभएका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् ।

नेपाल बाहेक बुढाथोकीसँग इरान, बेलायत, बङ्गलादेशजस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ । बुढाथोकीसित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभवका साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभवसमेत छ ।

Xanax online

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
अर्घाखाँचीमा पनि  मतगणना सुरू
अर्घाखाँचीमा पनि मतगणना सुरू
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
बारमा प्रगतिशील समूहका उम्मेदवारको अग्रता
​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’
​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’
बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !
प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने !

तपाईंले छुटाउनुभयो कि?