‘बुढीगण्डकी बचाउन’ नयाँ शक्तिका युवा धर्नामा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १८, २०७४
|
|
५३ पटक हेरिएको
Shares
‘बुढीगण्डकी बचाउन’ नयाँ शक्तिका युवा धर्नामा

सारांश

  • काठमाडौं ।
  •   सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गलत तरिकाले सम्झौता गरेको भन्दै नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानले विरोध गर्दै बुधबार अपरान्ह काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।
  • सरकारले राजनीतिक रुपमा अनैतिक, गैरकानूनी एवं राष्ट्रिय स्वाभिमानविपरित हुनेगरी राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न गलत नियतका साथ चिनियाँ कम्पनीलाई ठेक्का दिएकोप्रति नयाँ शक्तिको युवा संगठनले धर्ना दिएको हो ।

काठमाडौं ।  सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गलत तरिकाले सम्झौता गरेको भन्दै नयाँ शक्ति पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानले विरोध गर्दै बुधबार अपरान्ह काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ ।

सरकारले राजनीतिक रुपमा अनैतिक, गैरकानूनी एवं राष्ट्रिय स्वाभिमानविपरित हुनेगरी राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न गलत नियतका साथ चिनियाँ कम्पनीलाई ठेक्का दिएकोप्रति नयाँ शक्तिको युवा संगठनले धर्ना दिएको हो ।

धर्नामा सहभागी राष्ट्रिय युवा अभियानका संयोजक कमल शाहीले राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि आन्तरिक रुपमा आफैंले वित्तीय स्रोतको व्यवस्थापन गर्नुपर्ने र राष्ट्रको हित विपरित हुनेगरी विदेशी कम्पनीलाई सुम्पिनु नहुने बताउँदै सरकारसँग सम्झौता खारेजीको माग गर्नुभयो ।

नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको सम्झौता गैरकानूनी र राष्ट्रिय स्वार्थविपरित भएको, साथै यसले दीर्घकालीन रुपमा आर्थिक तथा सामाजिक समस्या सिर्जना गर्ने भन्दै सम्झौता खारेज गरी आफ्नै स्रोतबाट आयोजना निर्माण गर्न दबाबस्वरुप नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

त्यस्तै नयाँ शक्ति पार्टीनिकट विभिन्न आंगिक संगठनहरु तथा अन्य स्वतन्त्र पेशागत संघसंस्था तथा संगठनहरुले निरन्तर यो सम्झौता खारेजी गरी स्वदेशी पूँजी र लगानीमा आयोजना निर्माण गर्न दबाब दिंदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
शनिबार र सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै
शनिबार र सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै
तुलसीको विवाह गर्दै आज हरि बोधिनी एकादशी मनाइदै
तुलसीको विवाह गर्दै आज हरि बोधिनी एकादशी मनाइदै
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
मधेस प्रदेशमा ‘शिक्षा संवाद’: शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव
मधेस प्रदेशमा ‘शिक्षा संवाद’: शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो
पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :
प्रधानमन्त्री दाहालकाे जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं :

तपाईंले छुटाउनुभयो कि?