बुद्ध एयरले ल्यायो नयाँ एटिआर-७२ जहाज

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १६, २०८०
|
|
५१ पटक हेरिएको
Shares
बुद्ध एयरले ल्यायो नयाँ एटिआर-७२ जहाज

सारांश

  • काठमाडौं।
  • निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ।
  • कम्पनीले शुक्रबार १५औँ एटिआर-७२ जहाज भित्र्याएको हो।

काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। कम्पनीले शुक्रबार १५औँ एटिआर-७२ जहाज भित्र्याएको हो।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ। ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन्। यीमध्ये १२ एटिआर-७२ र तीन एटिआर-४२ जहाज छन्। यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो।

नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ। त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर-७२ जहाजबाट उडान भर्ने तयारी छ। कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
‘होमवर्क’ गर्दागर्दै पहिरोले यसरी लग्यो
‘होमवर्क’ गर्दागर्दै पहिरोले यसरी लग्यो
निकुञ्जमा जङ्गल सफारी खुला
निकुञ्जमा जङ्गल सफारी खुला
धादिङमा एमालेका भूमी त्रिपाठी  विजयी !
धादिङमा एमालेका भूमी त्रिपाठी विजयी !
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का
काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का
महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा
महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता
प्रदेश एकमा २ पदका लागि चुनाव, २४ जना निर्विरोध
बुटवलको भाटभटेनीमा आगलागी
बुटवलको भाटभटेनीमा आगलागी

तपाईंले छुटाउनुभयो कि?