विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
६१ पटक हेरिएको
Shares
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा

सारांश

  • दाङ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् ।
  • गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन् । गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।

“विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”, उनले भनिन् “यसोगर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्वतयारी नहुँदा पनि विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ । भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानवीय तथा धनजनको क्षति भएको जनाउँदै यसका लागि पूर्वतयारी आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ ।

उनले जनप्रतिनिधि, समाजका अगुवाहरुले पूर्वतयारीका कुराहरु सिक्नुपर्ने बताइन् । “जनप्रतिनिधि, समाजका अगुवाहरुले विपद् पूर्वतयारीका कुराहरुमा जानकारी भएमा विपद् हुँदा उद्धारमा धेरै सहज हुन्छ”, उनले भनिन्, “यसमा ख्याल गर्नुपर्छ, विपद्को पूर्वतयारी नहुँदा उद्धार फितलो हुन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा
काठमाडौंबाहिर पहिलोपटक डे नाइट फुटबल प्रतिष्पर्धा
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
शाहरूखकाे जवान बन्याे, मुम्बइमा सबैभन्दा बढी कमाउने पाँचाैं फिल्म
शाहरूखकाे जवान बन्याे, मुम्बइमा सबैभन्दा बढी कमाउने पाँचाैं फिल्म

तपाईंले छुटाउनुभयो कि?