बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बेमौसममा कराउनेहरु केही दिनमा आफै चुप लाग्ने बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बेमौसममा कराउनेहरु केही दिनमा आफै चुप लाग्ने बताएका छन् ।

‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गर्छ । यसमा आत्तिनु पर्दैन ।’

‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्’ शान्ति प्रक्रियाका अवशेष पनि अब चाँडै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

चिकित्सा शिक्षा विधेयक, गोविन्द केसी, उपकुलपति जस्ता बिषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गरे । ‘हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नु पर्छ’ प्रधानमन्त्रीले भने, ‘अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामीचाँही ओइलाउने हुन्छ ?’

प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली काँग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिएका छन् । ‘विधि,विधान,कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?’ प्रधानमन्त्रीको प्रश्न छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kamal Shrestha

    आफै चुप लाग्छन कि घुडा टेकाउछन हेरौ है।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?