त्रिदेशीय मोटर ¥याली चितवनमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
त्रिदेशीय मोटर ¥याली चितवनमा

सारांश

  • चितवन, १२ फागुन , एशियाका तीनवटा देशका शहर पुग्ने त्रिदेशीय मोटर ¥यालीले आज यहाँका विभिन्न क्षेत्रको परिक्रमा गरेको छ ।
  • हिमालयन ड्राइभ–६ नाम दिइएको उक्त ¥यालीमा नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी भएका छन् ।
  • ¥याली चितवन जिल्लाका बीसहजारी ताल, भरतपुर, नारायणगढ, देवघाट, कालिका नगरपालिका, पर्सा लोथर ड्याम हुँदै सौराहामा पुगेको छ ।

चितवन, १२ फागुन , एशियाका तीनवटा देशका शहर पुग्ने त्रिदेशीय मोटर ¥यालीले आज यहाँका विभिन्न क्षेत्रको परिक्रमा गरेको छ । हिमालयन ड्राइभ–६ नाम दिइएको उक्त ¥यालीमा नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी भएका छन् ।

¥याली चितवन जिल्लाका बीसहजारी ताल, भरतपुर, नारायणगढ, देवघाट, कालिका नगरपालिका, पर्सा लोथर ड्याम हुँदै सौराहामा पुगेको छ । जिल्लामा १२२ किलोमिटर यात्रा गरिएको ¥यालीका चितवन संयोजक राजन पियाले जानकारी दिनुभयो । आइतबार पुनः सौराहाबाट लोथर ड्याम हुँदै हेटौँडा, पथलैया, निजगढ, इटहरी हुँदै ¥याली भारतको पश्चिम बंगाल प्रदेशको मूर्ति भन्ने ठाउँ हुँदै भुटान पुगेर पुनः भारतको दार्जिलिङ आएर समापन हुने कार्यक्रम रहेको छ ।

¥यालीमा प्रतियोगीका रुपमा ४२ वटा कार सहभागी छन् । त्यसमध्ये सात वटा नेपालका र सातमध्ये पाँच चितवनका रहेका छन् । ¥यालीले तीन देशमा गरी दुई हजार किलोमिटरभन्दा बढी दूरी पार गर्नेछ । भारतको जस्ट स्पोर्ट, नेपालको नासा र चितवन अटोमोबाइल डिलर्स एशोसिएसनले ¥यालीको आयोजना गरेका हुन् ।

¥याली भारतको सिलगुडीको सिटीसेन्टरबाट शुक्रबारदेखि शुरु भएको हो । ¥याली छ दिनसम्म सञ्चालन हुने एशोसिएसनका सदस्य दाताराम घिमिरेले बताउनुभयो ।

¥याली शुरु हुनुअघि आज बिहान सौराहामा स्वागत गरिएको थियो । चितवन अटोमोबाइल डिलर्स एशोसिएसनले आयोजना गरेको स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, रत्ननगर नगरपालिका वडा नं ७ का अध्यक्ष एवं रेवानका केन्द्रीय उपाध्यक्ष राजन भट्ट, एशोसिएसनका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, सचिव इन्द्र रेग्मीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन, सौराहाले ¥यालीमा सहभागीलाई खादा र टीका लगाएर स्वागत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
काँग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन !
इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो
इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो
उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी
उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी
बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली
बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
सातौं संस्करणको ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’ सम्पन्न
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
संकटमा छाया सेन्टर, तनावमा सञ्चालकहरू
संकटमा छाया सेन्टर, तनावमा सञ्चालकहरू
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि