आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ६, २०७९
|
|
३५ पटक हेरिएको
Shares
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने

सारांश

  • काठमाडौँ ।
  • प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ ।
  • काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।

काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने÷नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानल लक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम भएकाले भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दीपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलवासे, लालबाबु शेख, बार एशोसिएशनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक
शिव गाउँलेलाई पितृ र रामेश्वर कार्कीलाई पुत्रशोक
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
समायोजनमा समस्या देखिएका स्वास्थ्यकर्मीलाई एक पटकलाई संशोधन गर्ने मौका
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
हेर्नुहोस बाँचुन्जेल टिकटमा को कस्को  हालीमुहाली मात्र चल्छ   !
हेर्नुहोस बाँचुन्जेल टिकटमा को कस्को हालीमुहाली मात्र चल्छ !
टेबलटेनिसमा नेपाललाई कास्य पदक
टेबलटेनिसमा नेपाललाई कास्य पदक
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए
१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता
ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी
ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी

तपाईंले छुटाउनुभयो कि?