लन्डनमा कमरेड भाउजू !

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
लन्डनमा कमरेड भाउजू !

सारांश

  • बेलायतवासी नेपाली साहित्यकार कृष्ण बजगाईंको पाँचौँ कृति हो, कमरेड भाउजू ।
  • यसअघि दुइटा लघुकथासंग्रह प्रकाशित गरेका बजगाईंले जीवनको भोगाइलाई कथाको रूप दिएका छन् ।
  • १५ वर्षभन्दा बढी डायस्पोराको बसाइका क्रममा आफूले भोगेका यान्त्रिक जीवनशैली र त्यहाँ देखे/सुनेका कुरालाई टपक्क टिपेका छन् ।

बेलायतवासी नेपाली साहित्यकार कृष्ण बजगाईंको पाँचौँ कृति हो, कमरेड भाउजू । यसअघि दुइटा लघुकथासंग्रह प्रकाशित गरेका बजगाईंले जीवनको भोगाइलाई कथाको रूप दिएका छन् । १५ वर्षभन्दा बढी डायस्पोराको बसाइका क्रममा आफूले भोगेका यान्त्रिक जीवनशैली र त्यहाँ देखे/सुनेका कुरालाई टपक्क टिपेका छन् ।

यसरी बनाएका कथाहरूको मूल पाटोचाहिँ व्यंग्यचेत हो । यो सत्यको उद्घाटन संग्रहको शीर्षकले नै गरेको छ । कमरेडका पछाडि न दाजु लगाइन्छ, न त भाउजू । कमरेड आफैँ पूर्ण परिचयको शब्द हो । तर, कृष्ण बजगाईंले ‘कमरेड भाउजू’ भेटेका छन् लन्डनमा ।

चित्रणमा निर्मम देखिन्छन् कथाकार । कमरेड भाउजू शीर्षक कथामा पढ्न पाइन्छ, ‘केही सहभागीहरू बियर र हि्वस्कीका गिलास समाएर राष्ट्रिय चिन्तनमा डुबेका थिए । …कोही नेपालमा सरकार ढाल्ने र नयाँ सरकार बनाउने योजनाका गफ हाँकिरहेका थिए । उनीहरूको कुराको निचोड थियो- नेपालमा सरकार चलाउन सक्ने क्षमता भएका मानिस नै छैनन् ।’

युरोप घुम्दै पछिल्लो समय बेलायत पुगेका कृष्ण बजगाईंको कथा सम्पूर्णतामा उनकै भाषामा डायस्पोरिक छ । नेपालसन्दर्भ त आइरहन्छ घरीघरी तर सबैजसो कथाको मूल भाग युरोप छ, त्यसमाथि पनि बेलायत छ । नेपाली कामरेडहरूको विद्रुपण अनौठो ढंगबाट चित्रण गरिएको छ । दोस्रो ‘कमरेड’ कथाको निष्कर्षमा कथाकार लेख्छन्, ‘पार्किङ गरिएको गाडीभित्र ल्याम्पपोस्टको मधुरो प्रकाशको उपस्थिति थियो । गाडीभित्र मौनता थियो । कमरेड विश्वास पूरै पुँजीवाद तथा अवसरवादी भएको ठहर गरे, कमरेड अटलले । कमरेड अटल अझै पनि जडवादी कम्युनिस्ट नै रहेको ठोकुवा गरे, कमरेड विश्वासले । दुवै जना एकअर्कालाई मात्र हेरिरहेका थिए, मौन ।’

नेपाली शिक्षा पद्धतिको बिजोग चर्चा पनि भेटिन्छ कथामा । लेखेका छन् कथाकारले, ‘आफूले एमए पास गरेको डिग्री दुई-चार वर्ष अरबको चक्कर काटेर आएको आठ कक्षा फेल खडानन्दको सीपसँग दाँज्छु । उसले धेरै कमाएको देख्छु … नेपालको बोक्रे शिक्षाको धाक उतै मात्र चल्छ । यता त सीप वा पाखुरी चाहिन्छ बाँच्न ।’ यो कथाको शीर्षक हो, ‘तेस्रो कुकुर’ । युरोपेली मालिक्नीको कागजी लोग्ने हुन्छ, तेस्रो कुकुरको मूलपात्र । तर, कामचाहिँ कुकुर स्याहार्ने नोकर । स्वास्नीसँग एक साँझ पनि सँगै सुत्न नपाएको लोग्नेलाई हकार्दै स्वास्नी आदेश दिन्छे, ‘मलाई खुसी राख्न मेरा कुकुरहरूलाई ठीकठाक राख्नू ।’ मूलपात्रकी स्वास्नीका दुइटा मात्र कुकुर हुन्छन् । मूलपात्रले अन्तिममा मात्र थाहा पाउँछ, आफू तेस्रो कुकुर भएको कुरा ।

वाह ! रूखमा नोट फलेको सपना देखेर दलाललाई पैसा खुवाउँदै, चाहिँदा नचाहिँदा कष्ट खेप्दै जान चाहने हाम्रा युवाको सपनाको युरोपेली समाज ! बजगाईंको युरोपेली समाजप्रति असहमति अनुभव हुन्छ, उनका डायस्पोरिक कथाहरू पढ्दा । त्यो समाजमा गे हुन्छन्, सम्मानित जीवन बाँचेका । लेस्बियनहरूलाई स्थानीय समाजले घृणा गर्दैन । कथाकारले दुइटा लेस्बियन कथा लेखेका छन् भने एउटा गे कथा लेखेका छन् । उनको मनोआग्रहसहितको प्रस्तुतिले नेपाली पाठकलाई भने शान्ति नै दिन्छ ।

हाम्रो समाजमा अझैसम्म पनि विकृति र विकार मानिने यस्ता विवाहको सिकार युरोप पुगेका हाम्रा नेपालीले कसरी हुनु परिरहेको चित्रण छ, ‘मौन युद्ध’ शीर्षक कथामा । नेपालको कुनै बाल आश्रममा आएका एक जोडी विदेशीले काले नाम गरेको अनाथ बच्चालाई मिलनविन्दु नाम दिएर युरोप लैजान्छन् । बाउआमाले दिने माया र निर्वाह गर्नुपर्ने दायित्व पनि पूरा गर्छन् । त्यही क्रममा उनीहरू एकअर्कासँग छुट्टन्छन् । बाबुआमा छुट्टनिे कारण थाहा नपाएको मिलनविन्दु आमासँग कारण खोज्छ । त्यतिबेला मात्र उसलाई थाहा हुन्छ, नेपाल जाँदा महिला हर्मोन खाइरहेकी आमा यथार्थमा केटो रहेछ र त्यो केटो बुढिँदै गएपछि बाबु हुनेले अर्को युवा गेसँग बिहे गरेको रहेछ ।

लेस्बियन स्वास्नीको सिकार भएको अर्को एउटा पात्र भेटिन्छ, ‘म सिसिफस’ शीर्षकको कथामा । लोग्नेको काम रेस्टुराँको ढोकामा कहिले नेपाली पोसाक त कहिले शेर्पा अनि कहिले तराइर् वासीको पोसाकभित्र समेटिएर सलाम गर्ने मात्र हुन्छ । लोग्ने त्यही रेस्टुराँको एउटा सुविधासम्पन्न कोठामा बस्छ । तर, उसकी स्वास्नी कहाँ बस्छे, उसलाई थाहा हुन्न ।

नेपालमा हुँदा हुन नसक्ने पारिवारिक विघटन, युरोपेली समाजमा कसरी हुँदो रहेछ भन्ने कथा पनि पढ्न पाइन्छ संग्रहमा । पति हुन्छ वैज्ञानिक, पत्नी हुन्छे गृहिणी । एउटा अनुसन्धानमा हे लिएको मान्छे । पत्नी हुन्छे, लन्डनको रमालोमा रमझम गर्न पाइन्छ भनेर वैज्ञानिकको पछि पछि लागेर आएकी महिला । वैज्ञानिक विज्ञानमै हराउँछ, रमझम गर्न चाहने महिला पल्लो अपाटर् मेन्टमा बसेको भारतीयसँग कतै हराइसकेकी हुन्छे ।

नेपाली मनको कथाकारले पश्चिमी सभ्यतालाई सकार्न नसकेका कारण देखेका धेरै नकारात्मक पक्ष कथामा समेटिएका छन् । तर, युरोपको यथार्थ यही त हो । नक्कली बिहे, सम्झौताको बिहे, गे बिहे, लेस्बियन बिहे, कन्ट्रयाक्टको बिहे हामीलाई पाच्य हुँदैनन् । नेपाली समाज बिस्तारै भर्जिनिटीबाट बाहिर निस्कन थालेको छ । तर, अझै यस्ता अनौठा बिहेलाई पचाउन सक्ने अवस्थामा पुगेको छैन । यति मात्र होइन, फगत पैसा कमाउने उद्देश्यले नक्कली विवाह र नक्कली छोडपत्रको कार्यलाई पनि कथाकारले राम्रो मानेका छैनन् । त्यसैले यताका नेपाली पाठकका लागि व्यंग्यचेत र असहमतिले भरिएका उनका कथा पढौँ पढौँ लागिरहने खालका छन् ।

थप दुइटा कथा मार्मिक छन् । एउटा ‘मिडिया मुस्कान’ र अर्को ‘गणतन्त्रपछिको प्रेम’ । यी दुवै कथा नेपालको हिंसात्मक युद्धसँग जोडिएका छन् । यी दुवै कथामा व्यंग्यचेत नै पाइन्छ । संग्र हका सबैभन्दा सुन्दर कथा पनि यिनै हुन् ।

कमरेड भाउजू

लेखक : कृष्ण बजगाईं

प्रकाशक : शब्दार्थ प्रकाशन

मूल्य : १७४ रुपियाँ

प्रकाशित: चैत्र १, २०७१

(समकालिन साहित्यमा प्रदीप नेपाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबारको मौसम: कोशी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री
तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो
नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो
प्रहरी हवल्दारले यसकारण लगाए सशस्त्र मुख्यालय आगलागी
प्रहरी हवल्दारले यसकारण लगाए सशस्त्र मुख्यालय आगलागी

तपाईंले छुटाउनुभयो कि?