बेलायतमा प्रधानमन्त्री ओलीसँग सगरमाथा जामको विषयमा प्रश्न

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
बेलायतमा प्रधानमन्त्री ओलीसँग सगरमाथा जामको विषयमा प्रश्न

सारांश

  • बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथामामा बढी आरोहीलाई अनुमति दिएको विषय हल्लामात्र भएको बताएका छन् ।
  • सगरमाथामा ट्राफिक जाम हुनुमा बढी आरोहीलाई अनुमति दिनु मुख्य कारण भएको चर्चा चलिरहँदा बीबीसीसँगको मङ्गलबारको अन्तवार्तामा ट्राफिक जामलाई गम्भीरताका साथ लिइएको बताए ।
  • सरकारले यो वर्ष तीन सय ८१ वटा टोलीलाई अनुमति दिएको थियो ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथामामा बढी आरोहीलाई अनुमति दिएको विषय हल्लामात्र भएको बताएका छन् । सगरमाथामा ट्राफिक जाम हुनुमा बढी आरोहीलाई अनुमति दिनु मुख्य कारण भएको चर्चा चलिरहँदा बीबीसीसँगको मङ्गलबारको अन्तवार्तामा ट्राफिक जामलाई गम्भीरताका साथ लिइएको बताए । सरकारले यो वर्ष तीन सय ८१ वटा टोलीलाई अनुमति दिएको थियो । यो अहिलेसम्मकै बढी हो । ओलीलाई बीबीसीले तथ्यसहित प्रमाण सोध्दा सगरमाथा आरोहणको विषय व्यवस्थापनमा नेपाल सरकारले नियमनलाई अझ सशक्त बनाउने बताए ।

पूर्वाधार निर्माणमा जंगल काटिएको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले वातावरण जोगाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथ्यांक दिए । २५ लाख रुख काटिएको विषयमा उनले भने— हामी पाँच लाख रुख रोप्छौं । हामीसँग ४५ प्रतिशत जङ्गल छ र हामीले वातावरण क्षेत्रमा ठूलो योगदान गरिरहेका छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?