भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २१, २०७६
|
|
५४ पटक हेरिएको
Shares
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न

सारांश

  • वैशाख २० l भक्तपुर जिल्ला मानन्धर युवा संघले १३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
  • नेतृत्व विकासदेखि बोल्ने शैली र औपचारिक कार्यक्रमलाई सिलसिला मिलाएर सन्चालन गर्ने क्षमताको विकास गर्न तालिम आयोजना गरिएको हो ।
  • मध्यपुर थिमिस्थित नवरत्न स्कूलको हलमा आयोजित कार्यक्रममा गृहिणी, बालबालिकादेखि चिकित्सक, राजनीतिज्ञ, इन्जिनियरिङका विद्यार्थी, घरेलु तथा साना उद्योग सन्चालन गर्ने उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।

वैशाख २० l भक्तपुर जिल्ला मानन्धर युवा संघले १३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । नेतृत्व विकासदेखि बोल्ने शैली र औपचारिक कार्यक्रमलाई सिलसिला मिलाएर सन्चालन गर्ने क्षमताको विकास गर्न तालिम आयोजना गरिएको हो ।

मध्यपुर थिमिस्थित नवरत्न स्कूलको हलमा आयोजित कार्यक्रममा गृहिणी, बालबालिकादेखि चिकित्सक, राजनीतिज्ञ, इन्जिनियरिङका विद्यार्थी, घरेलु तथा साना उद्योग सन्चालन गर्ने उद्योगी व्यवसायीहरुको सहभागिता थियो । प्रत्येक दिन दुई घण्टाको दरले सन्चालित तालिमलाई एक समारोहकाबीच समापन गरिएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्हुछेरत्न मानन्धरले तालिमले जिल्लाका फरक ठाउँमा बसोबास गर्दै आएका मानन्धर समुदायको शैक्षिक, आर्थिक, सांस्कृतिक तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिमा टेवा पुग्ने दाबी गरे । ‘हामीले शुरुमा समुदायको क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौं । त्यसपश्चात् संस्थागत प्रोत्साहन दिएर फरक पेशा व्यवसायमा लागेका मानन्धरहरुको जीवनस्तर सुधार गर्नेछौं ।’ अध्यक्ष मानन्धरले जनाए ।

हुनपनि मानन्धर समुदायको जिल्लाका तिनवटा नगरपालिकामा घनत्व छ । भक्तपुर नगरपालिका अन्तर्गत चार वटा टोल, मध्यपुर थिमिमा दुई वटा र सूर्य्विनायक नगरपालिका अन्तर्गत एउटा टोलमा मानन्धर समुदायको पुर्खौंदेखिको बसोबास हो । ती सम्पूर्ण टोलमा बस्ने मानन्धर समुदायको जीवनस्तर सुधार गर्न संघले तथ्यांक संकलन गरिसकेको छ भने पन्चवर्षे योजना बनाएर कार्यक्रम लागु गर्ने तयारी गरिरहेको छ ।

त्यस्तै, कार्यक्रममा नेपाल मानवअधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धरले प्रस्तुती शैलीको आवश्यकता विषयमा विचार राखे । जिल्लाका रैथाने मानन्धर समुदायको फरक पेशा व्यवसायमा संलग्नता रहेको जनाउँदै तालिमबाट सिकेका ज्ञानलाई आ–आफ्नो क्षेत्रमा सदुपयोग गर्न उहाँले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागबाट अवकास प्राप्त व्यक्तित्व रत्न साय्मिले समुदायका सम्पूर्णलाई सुचना प्रविधिमैत्री हुन आव्हान गरे । ‘म साहित्य क्षेत्रमा झुकाव राख्ने व्यक्ति भएर पनि सुरक्षा निकायमा लामो अवधि सेवा गरेँ । अवकास पछि साप्ताहिक पत्रिका सन्चालन गरिरहेको छु ।’ साय्मिले जनाए । सुचना प्रविधिको क्षमता विकासलाई प्राथमिकता दिँदै मानन्धर संघसँगको हातेमालो हुनुपर्नेमा जोड दिए । तालिम समापन कार्यक्रममा नवरत्न स्कूलका प्राचार्य सुरेन्द्र श्रेष्ठ, सिवाः साय्मि खलःका अध्यक्ष अष्टरत्न मानन्धर, मानन्धर युवा समुह तथा अन्य संघसंस्थाका प्रतिनिधिले विचार राखे ।

आठ वर्षदेखि ६३ वर्ष समुहका प्रशिक्षार्थीले सहभागिता जनाएको तालिम कार्यक्रमलाई संचारकर्मी केके मानन्धरले सैद्धान्तिक, प्रयोगात्मक तथा अन्तक्र्रियात्मक रुपमा सहजीकरण गरेका हुन् । त्यस्तै, ईमेज एफ. एम ९७.९ मेगाहर्जका कार्यक्रम प्रस्तोता तथा संगीतकार सुरजवीर बज्राचार्यले पनि एकदिनको लागि प्रशिक्षण दिए ।

२०७५ साल जेठ १८ गते स्थापना भएको भक्तपुर जिल्ला मानन्धर युवा संघले यसअघि भक्तपुरको साःकोलन टोलमा १० दिने उद्घोषण तालिम सम्पन्न गरिसकेको छ । त्यस्तै, दधिकोटको पकांडोल तथा भक्तपुरको टेखाचोमा पनि तालिम आयोजना हुँदैछ । संघले माध्यमिक विद्यालयस्तरीय एसईई दिएका भाइबहिनीहरुलाई आगामी शैक्षिक गन्तव्यको लागि सहि मार्ग्निर्देशन दिने कार्यक्रम पनि गरेको छ । राजेश तथा सुचित्रा मानन्धर लगायतले संयोजन गरेको क्षमता अभिवृद्धि कार्यक्रममा तीन दर्जन प्रशिक्षार्थीहरुको सहभागिता थियो । प्रत्येक बेलुकी ७ देखि ९ बजे सम्म सन्चालित तालिममा सम्पूर्ण प्रशिक्षार्थीले उत्साहजनक सहभागिता जनाए ।

केके मानन्धर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?