भगवानलाई पनि चोरीकै डर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ३, २०७६
|
|
४९ पटक हेरिएको
Shares
भगवानलाई पनि चोरीकै डर

सारांश

  • भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ रु तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् ।
  • चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ ।
  • डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् ।

भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ रु तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ ।

डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।

पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयवासी तम्सु गाल्वा लामाले बताउनुभयो । आधाभन्दा बढी मूल्यवान सामग्री हराइसकेको ङ्वाङ लुम्डुप गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकाले संरक्षणमा समस्य भएको छ ।

अघिल्लो वर्षमा मात्र शे–फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधि नै पक्राउमा परेका थिए । अहिले उपल्लो डोल्पाका छ वटा प्रहरीचौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन् सुरक्षा चुनौती थपिएको गुम्बाक गुरुङले बताउनुभयो ।

उपल्लो डोल्पा बौद्ध गुम्बा धेरै भएको ठाउँको रुपमा गणना हुने गर्दछ । बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा १०७ वटा गुम्बा दर्ता भएका छन् । सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी, निकासी गर्नेलाई थप बल पुगेको छ ।

गर्मीयाममा मात्र यहाँका स्थानीयवासी उपल्लो डोल्पामा बस्छन् भने चिसो मौसममा बेँसी झर्ने भएकाले मानिसको कम चहलपहल भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, शे फोक्सुन्डोलगायत स्थानीय तह निकै दुगर्ममा पर्दछन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षलगायतको टोलीमा माथि अदालतमा मुद्दा चलिरहेको छ । पुर्पक्षका लागि थुनामा रहेको रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले उपल्लो डोल्पामा रहेका बुद्धमूर्र्ति, गुम्बाको संरक्षणका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चरिरहेको छ, जिल्ला सुरक्षा समितिको बैठक बसेपछि त्यहाँको सुरक्षाका लागि छिट्टै निर्णयमा पुगिने छ ।” अहिले उपल्लो डोल्पामा हिमपात कारण जान सक्ने अवस्था नभएका कारण त्यहाँको सुरक्षाका लागि विशेष योजना बनाएर काम गर्ने भन्नेमा हामी रहेको छौँ, यहाँले भन्नुभयो ।

चिनियाँ सीमा नाका नजिक भएकै कारण चोरी निकासी नियन्त्रणमा थप समस्या भएको छ । समूहमा आउने डाँकाको समूहले गुम्बामा रहेका लामालाई बाँधेर चोरी गर्दै आएका छन् । यहाँ रहेका बुद्धमूर्र्ति कति मात्रामा छन् र कसरी राखिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।

कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा स्थापित मात्र नभएर धार्मिकरुपमा पनि उत्तिकै महत्व राख्ने उपल्लो डोल्पाका संरचना जोगाएर संरक्षण गर्नसके हरेक दृष्टिकोणले फाइदामा लिन सकिने छ । राज्यले यहाँ भएका बहुमूल्य वस्तुको चोरी, निकासी र पैठारी रोक्नका लागि विशेष योजना बनाएर युद्धस्तरमा काम नगरे सबै भएका वस्तु हराएर जाने निश्चित भएको सरोकारवाला बताउँछन् ।

स्थानीयवासीलाई विशेष तालीम दिएर संरक्षणका लागि जोड दिन सके केही समस्या हल हुनसक्ने बुझाइ स्थानीयको छ । स्थानीय सरकारले पनि इतिहाससँग जोडिएका वस्तु संरक्षण गर्न पहल कदमी लिनुपर्ने स्थानीयवासी बताउँछन् ।
–––

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ दशमलव ८० अङ्कले  घट्यो नेप्से परिसूचक
२ दशमलव ८० अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?
भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
झुक्काउलान है नक्कली डिएसपीले !
झुक्काउलान है नक्कली डिएसपीले !
एमालेका यी ठूला नेता भए ‘बाइपास’, मच्चियो खैलाबैला
एमालेका यी ठूला नेता भए ‘बाइपास’, मच्चियो खैलाबैला
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण

तपाईंले छुटाउनुभयो कि?