भन्सार छली अवैध रुपमा लैजान लागेको सुन सहित ३ जना पक्राउ
सारांश
- काठमाडौं, २९ कात्तिक ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्री सहित पक्राउ परेका छन् ।
- बझाङ बुङगल नगरपालिका ७ बस्ने २५ वर्षीय नरेश बोहोरा सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हाे ।
काठमाडौं, २९ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्री सहित पक्राउ परेका छन् । बझाङ बुङगल नगरपालिका ७ बस्ने २५ वर्षीय नरेश बोहोरा सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको हाे । विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ
सुर्खेत भेरी गंगा नगरपालिका २ बस्ने १८ वर्षीय अमृत खत्रीलाई अवैध लागूऔषध
ब्राउन सुगर करिब २ ग्राम सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १५ जमुनाह चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
चोरी भएका मोटरसाइकल सहित ४ जना पक्राउ
चोरी गरी ल्याएको बा।९८ प ७७९९ नम्बरको मोटरसाइकल चलाईरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका(२ तिनधारा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ का
२५ वर्षीय मधुसुदन केसी समेत २ जनालाई काठमाडौं महानगरपालिका १५ ठाडोभर्याङबाट
बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी चोरी गरी ल्याएको बा।७४ प २८२४ नम्बरको मोटरसाइकल चलाईरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका २ बुद्धचोक बस्ने उदयपुर ईनामेल ९ का २१ वर्षीय उमेश तामाङ समेत २ जनालाई काठमाडौं नागार्जुन नगरपालिका(३ पाँचधाराबाट बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुकको गोली लागेर मृत्यु
पर्सागढी नगरपालिका ३ बडनियार बस्ने १३ वर्षीय आर्यन तामाङको भरुवा बन्दुकको
गोली लागेर बुधबार बिहान मृत्यु भएको छ । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक
बरामद गरेको छ । घटनामा संलग्न रहेको आशंकामा मृतकको मामा सोही स्थान बस्ने सन्तोष घलेलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
बाँके कोहलपुर नगरपालिका ८ पिपरीस्थित सडकमा भे १ ह ३४७७ नम्बरको अटो आफै अनियन्त्रित भई बुधबार राती दुर्घटना हुँदा गम्भीर घाइते भएका अटो चालक सोही नगरपालिका बस्ने ३० वर्षीय नारायण पौड्यालको नेपालगन्जस्थित नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी बाँके कोहलपुर नगरपालिका ११ स्थित सडकमा भे।१ च १६७२ नम्बरको म्याजिक भ्यानले भे।२ प ३०२ नम्बरको मोटरसाइकललाई बुधबार राती ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बस्ने ५२ वर्षीया गोमा शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काभ्रे, रुकुम पश्चिम र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका
छन् । काभ्रे माहाभारत गाउँपालिका(२ मुलडाडाँ बस्ने लावन घिसिङको ५ वर्षीय छोरा बिजय
घिसिङ घरबाट करिब २ किलोमिटर टाढा बुधबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।
गत कात्तिक २५ गतेदेखि आफ्नै घरबाट हराएकोमा स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका १ बस्ने २८ वर्षीया भरी बुढा आफ्नै घरमा बुधबार साँझ मृत अवस्थामा फेला परेकी छन् । सिन्धुली कमलामाई नगरपालिका १ बस्ने ३० वर्षीया सुनिमाया हायु आफ्नै घरमा बुधबार साँझ मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
मोरङ र खोटाङमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ७ लाख १० हजार रुपैयाँ
बराबरको धनमाल क्षति भएको छ । मोरङ कटहरी गाउँपालिका ६ सितपुर बस्ने अशोक राजबंशीको ग्वाली घरबाट अचानक आगो सल्कन गई सोही स्थान बस्ने अन्द्र राजबंशी र दुस्खाराम राजबंशी समेत ३ जनाको घरमा बुधबार दिउसो आगलागी हुँदा घर र अन्नपात जलेर करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । खोटाङ बराहपोखरी गाउँपालिका ४ कोछाले बस्ने बीरबहादुर राउतको ढुङ्गामाटोले बनेको २ तले घरमा बुधबार दिउसो आगलागी हुँदा घर तथा घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, काठपात समेत जलेर करिब ३ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपाल प्रहरी
प्रतिक्रिया