भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २४, २०७५
|
|
४४ पटक हेरिएको
Shares
भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • चितवनको भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि अलग्गै भवन बन्ने भएको छ ।
  • अस्पताल भवन साँघुरो हुँदा बिरामी कुरुवाले सास्ती खप्नु परेको छ ।

काठमाडौं, २४ मंसिर । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि अलग्गै भवन बन्ने भएको छ । अस्पताल भवन साँघुरो हुँदा बिरामी कुरुवाले सास्ती खप्नु परेको छ ।

सहकारी विकास तथा भवन निर्माण विभागले मंसिर १९ गते एक सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो । आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकनपछि सबैभन्दा कम रकम बोलकबोल गर्ने रविना जोशी फूलजोर जेभीले ठेक्का पाएको छ ।

कुरुवा भवन निर्माणका लागि ६ करोड २ लाख रकम विनियोजन गरिएको थियो । निर्माण कम्पनी जेभीले १ करोड ३९ लाख रुपैयाँमा भवन निर्माण गर्ने प्रस्ताव गरेको छ । अस्पतालको पूर्वपट्टि खाली ठाउँमा कुरुवा भवन बन्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । निर्माणको काम केही समयभित्रै सुरु गरिने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?