भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ६, २०७९
|
|
३६ पटक हेरिएको
Shares
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन काँग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमा बोलाएर भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् ।
  • नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले खनाललाई आकस्मिक रुपमा बोलाएर गठबन्धनका लागि यस्तो अवस्था आएको बताएका हुन् ।
  • परिस्थितिलाई बुझ्न र गठबन्धनलाई मजबुत बनाएर जान उनले आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन काँग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमा बोलाएर भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले खनाललाई आकस्मिक रुपमा बोलाएर गठबन्धनका लागि यस्तो अवस्था आएको बताएका हुन् ।

परिस्थितिलाई बुझ्न र गठबन्धनलाई मजबुत बनाएर जान उनले आग्रह गरेको बुझिएको छ । खनालले सभापति देउवाले भरतपुर माओवादीलाई छाड्नुपर्ने भनेको खुलाए ।

काँग्रेसभित्र भरतपुर महानगरपालिका नछाड्ने विषय उठिरहँदा देउवालाई खनाललाई डाकेर त्यस्तो भनेका हुन् । देउवाले काठमाडौं, ललितपुर र विराटनगर आफूहरुले लिने भन्दै भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्थाबारे प्रष्ट पारेका थिए । देउवाले जिल्लाको माहोल सम्हाल्न समेत भनेको बताए । तर, जिल्ला सभापति खनालले माहोल फरक रहेको भन्दै कठिन चुनौती आउने जवाफ दिएका थिए ।

भरतपुर महानगरमा गत ०७४ सालको स्थानीय चुनावमा कांग्रेसले माओवादीलाई सघाएको थियो । कांग्रेसको साथ र समर्थनमा रेनु दाहाल भरतपुरको मेयर निर्वाचित भएकी थिइन् ।

(https://bolivarescapes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?