‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १८, २०८०
|
|
५० पटक हेरिएको
Shares
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएका छन् ।
  • गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएका छन् ।

गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

“खेलाडीले आर्थिक अभावमा पनि खेल्नु परिरहेको छ, खेलाडीको प्रोत्साहनका लागि सरकारले सेवा सुविधा थप गर्न आवश्यक छ”, उनले भने , “राष्ट्रियस्तरका खेलाडी बर्सेनि विदेशिनुपर्ने बाध्यतालाई रोक्नुपर्छ, खेल क्षेत्रमै सुनौलो भविष्य निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ ।”

प्रधानमन्त्री आफैले खेलाडीको आत्मबल बढाउन विभिन्न योजना तथा पुरस्कारको व्यवस्था गरेको खेलाडीप्रति वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट हुन्छ भन्दै सञ्चारमन्त्री शर्माले देशको गरिमा बढाउने खेलकुद क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको बताए ।

उक्त प्रतियोगिता असोज २१ गतेसम्म हुने सञ्चालन हुनेछ ।

(bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित
श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित
कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’
कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
अब के गर्छ अमेरिका ?
अब के गर्छ अमेरिका ?
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
सेनाको भूमिका स्वर्णीम पानामा लेखिन्छ : प्रधानमन्त्री ओली
सेनाको भूमिका स्वर्णीम पानामा लेखिन्छ : प्रधानमन्त्री ओली
नेपाल-अष्ट्रेलिया व्यापार सन्तुलन र लगानी प्रवर्द्धनका लागि मन्त्री यादव र राजदूत अर्न्स्टबीच संवाद
नेपाल-अष्ट्रेलिया व्यापार सन्तुलन र लगानी प्रवर्द्धनका लागि मन्त्री यादव र राजदूत अर्न्स्टबीच संवाद
पूर्व डिएसपी खिउजुलाई बलात्कार काण्डमा पक्राउ गरिदै
पूर्व डिएसपी खिउजुलाई बलात्कार काण्डमा पक्राउ गरिदै
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए

तपाईंले छुटाउनुभयो कि?