भारतबाट फर्किनेको लर्को, जाने घटे

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ५, २०७८
|
|
५४ पटक हेरिएको
Shares
भारतबाट फर्किनेको लर्को, जाने घटे

सारांश

  • भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ ।
  • भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिए ।
  • उनका अनुसार शनिबार मात्रै दुई हजार ३७२ नेपाली भारतबाट फर्किएका छन्, तीमध्ये एक हजार २९५ कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिए ।

उनका अनुसार शनिबार मात्रै दुई हजार ३७२ नेपाली भारतबाट फर्किएका छन्, तीमध्ये एक हजार २९५ कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । भारततर्फ जाने सङ्ख्या भने घटेको छ । शनिबार २९९ व्यक्ति भारततर्फ गएका छन् । तीमध्ये कतिपय नेपाली औषधोपचारका लागि गएका छन् भने भारत जानेमा अधिकांश भारतीय नागरिक नै रहेका छन् ।

नेपालगञ्जस्थित जमुनाह नाका भएर भारतको मुम्बई, दिल्ली, महाराष्ट्र, गडवाललगायत भारतीय शहरबाट दैनिक ठूलो सङ्ख्यामा नेपाली घर फर्किने गरेका छन् । प्रहरी नायब निरीक्षक गिरीले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै घर फर्किने नेपालीको लर्को लागेको बताए । जोखिम बढेपछि रुपैडिहा किनमेलका लागि जान रोक लगाइए पनि कतिपयले जोखिम मोलेरै अनौपचारिक नाका प्रयोग गरिरहेको देखिन्छ । स्वास्थ्य उपचार र अत्यावश्यकीय कामको लागिमात्र नेपालीलाई भारत जान दिइएको छ ।

यसरी भारतबाट नेपाल फर्किएकामध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित सीमा नाका जमुनाह हुँदै भारतबाट नेपाल प्रवेश गर्ने ६० प्रतिशतमा सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाप्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उहाँका अनुसार भारतबाट फर्किने ६० प्रतिशत बढी नेपालीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको जाँचमा भारतको गुजरात र दिल्लीबाट आएका अधिकांशमा कोरोना पुष्टि देखिने गरेको हो ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिनेतर्फ दृष्टिगत गर्दै उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा स्वास्थ्य कक्ष स्थापना गरी नेपाल आउनेहरुको ज्वरो नाप्ने तथा शङ्कास्पद देखिएमा एन्टिजिन प्रविधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ ।

छिमेकी मुलुक भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनाका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रजिअ शिवराम गेलालले जानकारी दिए ।

उनका अनुसार सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ ।

(https://www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
विपक्षी दललाई मतदान गरेपछि सामूहिक बलात्कार
विपक्षी दललाई मतदान गरेपछि सामूहिक बलात्कार
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल
एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
बंगलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी
बंगलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गयो
श्रीमानको कुटाईबाट सिराहामा एक महिलाको ज्यान गयो
प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता