भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
भारतमा भन्दा नेपालमा बढि चर्चित बनेका कन्हैया कुमार १ लाख ६६ हजार मतले पछाडि

सारांश

  • काठमाडौं।
  • भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभा उम्मेदवार कनैया कुमार १ लाख ६६ हजार मत अन्तरले पछि परेका छन् ।
  • जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेका कनैयाले चुनाव चित्ने बारेमा भारतमा भन्दा पनि बढी नेपालमा चर्चा बढी चल्ने गरेको थियो ।

काठमाडौं। भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभा उम्मेदवार कनैया कुमार १ लाख ६६ हजार मत अन्तरले पछि परेका छन् । जवाहरलाल नेहरु विश्व विद्यालयबाट विद्यावारिधि गरेका कनैयाले चुनाव चित्ने बारेमा भारतमा भन्दा पनि बढी नेपालमा चर्चा बढी चल्ने गरेको थियो । विशेषगरी नेपाली कम्युनिष्ट विचारधाराका लेखकहरुले उनको पक्षमा राष्ट्रिय दैनिकमा धेरै लेखहरु समेत छपाएका थिए । दिउँसो २ः४० सम्मको चुनावी नतिजालाई आधार मान्दा भारतीय जनता पार्टीका उम्मेलवार गिरिराज सिंहले २ लाख ९८ हजार मत ल्याउँदा कनैयाले भने केवल एक लाख ३१ हजार मत मात्रै ल्याएका छन् ।

भारतीय कम्युनिष्टहरुको यो चुनावमा निकै शर्मनाक हारको सम्भावना देखिँदै गर्दा चर्चामा रहेका नेता कनैयाको पनि स्थिति अरुको भन्दा सुधारिन नसकेको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ