भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ११, २०७४
|
|
४३ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्रीद्वारा बाढी प्रभावित बिहारको हवाई निरीक्षण

सारांश

  • बिहार ।
  •  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बाढी प्रभावित बिहार राज्यको हवाई निरीक्षण गरेका छन् ।
  • हवाई निरीक्षणपछि तत्कालका लागि राहत स्वरुप पाँच अर्ब भारतीय रुपैँया तथा बाढीमा मृत्यु हुने पीडित परिवारलाई दुई लाख प्रतिव्यक्ति सहयोगको घोषणा गरेका छन्।

बिहार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बाढी प्रभावित बिहार राज्यको हवाई निरीक्षण गरेका छन् ।

हवाई निरीक्षणपछि तत्कालका लागि राहत स्वरुप पाँच अर्ब भारतीय रुपैँया तथा बाढीमा मृत्यु हुने पीडित परिवारलाई दुई लाख प्रतिव्यक्ति सहयोगको घोषणा गरेका छन्।

उनले बाढीबाट भएको क्षतिको विवरण तयार गर्न केन्द्रीय टोलीलाई पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले बीमा कम्पनीका अधिकारीलाई बाढी प्रभावित क्षेत्रमा गई बाढीका कारण क्षति भएका कृषि बालीको लागत छिटो सङ्कलन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षणपछि बिहारका मुख्यमन्त्री नितीशकूमार, उप–मख्यमन्त्री शुशीलकूमारलगायतका नेतासँग चुनापुर विमानस्थलमा छलफल गरेपछि उक्त राहत घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले बिहार सरकारलाई सम्भव हुनेसम्म सवै सहयोग बाढी प्रभावित क्षेत्रमा पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ।’ रासस/पीटीआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?