भारत र अमेरिका सहित १० देशका उडान रोक्ने तयारीमा सरकार

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १८, २०७८
|
|
४३ पटक हेरिएको
Shares
भारत र अमेरिका सहित १० देशका उडान रोक्ने तयारीमा सरकार

सारांश

  • कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।
  • सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।
  • नेपाल प्रेससँग कुरा गर्दै पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको बताए ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

नेपाल प्रेससँग कुरा गर्दै पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको बताए । उनका अनुसार ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु हुनेछैन ।

‘आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको छ । परिस्थिती भयावह भएको निष्कर्ष रह्यो’ मन्त्री ढकालले भने ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिराट गोल्डकपको उपाधी थ्री-स्टारलाई, अनन्तलाई मोटरसाइकल
बिराट गोल्डकपको उपाधी थ्री-स्टारलाई, अनन्तलाई मोटरसाइकल
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
एमाले माओवादी एकता प्रतिवेदन तयार हुँदै
एमाले माओवादी एकता प्रतिवेदन तयार हुँदै
​रौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता
​रौतहटमा कांग्रेस, माओवादीको तीन र एमाले, राजपाको दुई तहमा अग्रता
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु
पहिरोले पोखरा—बागलुङ सडक पनि अवरुद्ध
पहिरोले पोखरा—बागलुङ सडक पनि अवरुद्ध
आठ वर्ष देखि मृत मालिकको पर्खाइमा यो कुकुर
आठ वर्ष देखि मृत मालिकको पर्खाइमा यो कुकुर
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
सिरियामा आत्मघाती हमलामा परी १५० काे मृत्यु
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
दोस्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको शरीरमा ‘चारवटा मिर्गौला’
दोस्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको शरीरमा ‘चारवटा मिर्गौला’