भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान

सारांश

  • काठमाडौं।
  • भारतले पनि पाकिस्तानको एउटा लडाकू विमान खसालेको जनाएको छ ।
  • सीमाबाट ३ किलोमिटर भारतीय एयरस्पेसमा आएको पाकिस्तानी एफ–१६ लडाकू विमान खसालिएको भारतीय मिडियाले जनाएका छन् ।
india_shot_pakistani_plane9971.jpg
काठमाडौं। भारतले पनि पाकिस्तानको एउटा लडाकू विमान खसालेको जनाएको छ । सीमाबाट ३ किलोमिटर भारतीय एयरस्पेसमा आएको पाकिस्तानी एफ–१६ लडाकू विमान खसालिएको भारतीय मिडियाले जनाएका छन् । भारतले विमानमा आक्रमण गरेपछि विमानबाट एक पाइलट प्यारासुटबाट ओर्लिएको देखिएको भए पनि उनको स्थिति अज्ञात रहेको समाचारमा जनाइएको छ । लगातार भिडन्तका कारण भारतले लेह, जम्मु, श्रीनगर र चण्डीगढ गरी ४ विमानस्थल पूर्ण रुपमा बद गरेकोछ । यहाँका सबै उडान रद्द गरिएका छन् । 
यसअघि पाकिस्तानले भारतीय वायुसेनाका २ लडाकू विमान खसालिदिएको जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीटरमार्फत आफूहरुले २ भारतीय वायुसेवाका विमान खसालिदिएको बताएका छन् । उनका अनुसार एउटा विमान पाकिस्तान नियन्त्रित आजाद जम्मु कश्मिरमा खसेको र अर्को विमान भारत नियन्त्रित कश्मिरमा खसेको छ । 
गफुरका अनुसार पाकिस्तानी वायुसेनाका विमान भारतीय सीमाभित्र प्रवेश गरेका छन् । नियन्त्रण रेखा नाघेर पाकिस्तानी एयसस्पेसभित्र छिरेका दुई विमान खसालिएको हो । मेजर जनरल गफूरका अनुसार पाकिस्तानभित्र खसेको विमानका दुई पाइलटमध्ये एकलाई जीवित अवस्थामा पक्राउ गरिएको छ । विमानमा दुई पाइलट भए पनि अर्का पाइलटको मृत्यु भएको, उनी त्यही क्षेत्रमा कतै लुकेको वा भागेको बारे जानकारी प्राप्त भएको छैन । 
गएराती भारतीय सेना नियन्त्रण रेखा नाघ्दै पाकिस्तान प्रवेश गरेका थिए । यसअघि भारतीय वायुसेनाका विमानले पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) समेत पार गर्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटमा बम आक्रमण गरेको थियो । फेब्रुअरी १४ मा भारतको पुलावामामा आतंकवादी आक्रमणमा भारतीय सेनाका ४० जवान मारिएपछि यी दुई देशबीच युद्धको स्थिति सृजना भएको हो । यो आतंकवादी आक्रमणको जिम्मा भने आतंकवादी संगठन जैश–ए–मोहम्मदले लिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?