भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ३१, २०७७
|
|
७४ पटक हेरिएको
Shares

सारांश

  • मंगलबार राजधानीमा भेटिएका संक्रमित मध्ये एक जना पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुल्न आएको छ ।
  • ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा अस्थायीरुपमा बस्दै आएका थिए।
  • सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती जवान टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ ।

मंगलबार राजधानीमा भेटिएका संक्रमित मध्ये एक जना पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुल्न आएको छ । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा अस्थायीरुपमा बस्दै आएका थिए।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती जवान टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार ती जवान उपत्यका बाहिर नगएको र उनमा संक्रमण कसरी भयो भन्नेबारे अनुसन्धान थालिएको छ । उनी सिंह दरबार छिरेका थिए कि थिएनन् भन्नेबारे जानकारी आउन बाँकि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?