भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा

सारांश

  • काठमाडौं, ३ पुस ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।
  • आज बोल्ने नेताहरुमा भीम रावल, योगेश भट्टराई र टोपबहादुर रायमाझीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन् ।

काठमाडौं, ३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।

आज बोल्ने नेताहरुमा भीम रावल, योगेश भट्टराई र टोपबहादुर रायमाझीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले स्वेच्छचारी गरेको आरोप लगाए ।

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटका कारण सरकारको शाख गिरेको पनि उनले आक्रोश पोखे । रावलले एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ र यसमा प्रधानमन्त्रीले आत्माआलोचना गर्नुपर्ने धारणा राखे ।

रावलले त उक्त सम्मेलनमा सरकारको सहभागिताले शिर निहुरिएपनि बताए । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग गरेका छन् । रावलको भनाईमा अर्का सदस्य टोपबहादुर रायमाझीले पनि समर्थन गरेका थिए ।

अर्का सदस्य, योगेश भट्टराईले पनि ओलीको आलोचना गरे । उनले पूर्वएमालेको गुटबन्दीका कारण संगठनिक एकता अड्किएको टिप्पणी गरे । उनले पार्टीमा पछिल्लो समय दाउपेच, धोकाधडी भइरहेको र नेताहरुमा विश्वास नदेखिएको गुनासो पोखे ।

आज बोल्ने सत्यनारायण मण्डल र सोमनाथ प्यासीले पनि ओलीको आलोचना गरेका थिए । तर, अर्का सदस्य एवम् ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखेरलले भने ओलीको बचाउ गरेका थिए । उनले एउटा नेतामाथि समस्या थुपार्नुभन्दा सामूहिक बनाउनुपर्ने धारणा राखेका थिए । केशब बडालले पनि घुमाउरो शैलीमा ओलीको बचाउ गरेका थिए ।

अर्का सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पृथ्वीसुब्बा गुरुङले मुलुकलाई राष्ट्रिय स्वाधिनताको दिशामा अगाडि बढाउन नेताहरुको ठूलो भूमिका रहेको नभुल्न आग्रह गरे । कार्यशैलीमा समस्या भए सुधार गर्दै जानुपर्नेमा गुरुङको जोड थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
उपनिर्वाचन २०७६ :पर्सामा त्रिपक्षीय भिडन्त
उपनिर्वाचन २०७६ :पर्सामा त्रिपक्षीय भिडन्त
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
आज कैलाली बन्द छ
आज कैलाली बन्द छ