भीम रावल एमालेबाट बर्खास्त

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
भीम रावल एमालेबाट बर्खास्त

सारांश

  • काठमाडाैं।
  • नेकपा एमालेले पार्टी कार्यालय बनाउन दान लिएको विषयमा आलोचनात्मक धारणा राखेका ३ नेताहरूलाई एमालेले जिम्मेवारी खोसेको छ।
  • उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै बुधबार बसेको सचिवालय बैठकले भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

काठमाडाैं। नेकपा एमालेले पार्टी कार्यालय बनाउन दान लिएको विषयमा आलोचनात्मक धारणा राखेका ३ नेताहरूलाई एमालेले जिम्मेवारी खोसेको छ। उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै बुधबार बसेको सचिवालय बैठकले भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘पार्टीका तीन नेता जनालाई स्पष्टीकरण सोधेका थियौँ,’ ज्ञवालीले भने, ‘स्पष्टीकरण उहाँहरूले दिनु त भयो तर पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्ने महसुस उहाँहरूले गरेको देखिएन।’

उनका अनुसार भीम रावललाई साधारण सदस्यबाटै मुक्त गरिएको छ। उनलाई एमालेले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी तोकिएको थियो। तर, रावलले त्यो जिम्मेवारी स्वीकार गरेका थिएनन्। त्यसैले साधारण सदस्यता नै खोस्ने निर्णय गरेको ज्ञवालीले बताए।

रावल एमालेका पूर्वउपाध्यक्ष पनि हुन्। उनले पछिल्लो चितवन महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीले सर्वसम्मत बन्ने ओलीको चाहनामा धक्का पुगेको थियो।

विन्दा पाण्डे स्थायी कमिटी सदस्य र उषाकिरण तिम्सेना केन्द्रीय सदस्य हुन्। गत कात्तिक ४ गते बसेको एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?