भूकम्प पीडितका गुनासाका चाङ २ लाख ३७ हजार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ६, २०७५
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं : भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे-बल्थली पुगे ।
  • घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ ।
  • तर, म किन छुटेँ ?

काठमाडौं : भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे-बल्थली पुगे । घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ । तर, म किन छुटेँ ? ’ निर्देशक भुसालले उनको फोटो खिच्दै अनुदान रकम पाउने आश्वासन दिए ।

भूकम्प गएको तीन वर्ष बित्नै लाग्दा पनि पीडित र प्रभावितबाट यस्ता गुसाना आउने क्रम रोकिएको छैन । प्राधिकरणले अहिलेसम्म २ लाख ३७ हजार गुनासा दर्ता नै गरेको छ । सरकारले अहिलेसम्म ८७ हजार घरपरिवारलाई तेस्रो किस्ता राहत रकम वितरण गरेको बताएको छ ।

भूकम्पबाट ६ लाख घर पूर्णरूपमा क्षति भएकामा हालसम्म ४ लाख १३ हजार १ सय ३५ घर निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, १ लाख १६ हजार ५ सय १७ घर बनिसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार लाभग्राहीको संख्या दोलखामा मात्रै ६२ हजार ६ सय रहेकामा १९ हजार घर बने । ८३ हजार ७ सय लाभग्राही रहेको सिन्धुपाल्चोकमा ११ हजार ६३ मात्रै घर बने । ७२ हजार लाभग्राही रहेको काभ्रेपलाञ्चोकमा पनि ८ हजार मात्रै घर बनेका छन् ।

भवितव्यको तीन वर्ष बित्नै लाग्दा निजी घरको निर्माण सुस्त देखिन्छ । निर्माणाधीन घरको संख्या भने धेरै छ । तर, बनिसकेका घरको प्रकृति हेर्दा र भूकम्पपीडितको भनाइ सुन्दा अवस्था सन्तोषजनक छैन । कति घर बने भन्ने तथ्यांकसँगै कस्ता घर बने र बन्दै छन् भन्नेबारे लेखाजोखा आवश्यक रहेको आवाज सुनिन थालेको छ ।

हराउँदै मौलिकता

भूकम्प प्रभावित तीन जिल्लाका विभिन्न आधा दर्जन स्थानमा दुई कोठाका पक्की घर बनेका छन् । त्यसमाथि नीलो जस्तापाताको छाना जताजतै देखिन्छन् । टिनको छानाले रंगिएका गाउँ झट्ट हेर्दा नेपाली गाउँजस्तो देखिँदैन । पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति दोलखाका कार्यालय प्रमुख सागर आचार्य टिनको जस्तापाता १० वर्षपछि खियाले मक्किने बताउँछन् ।

तीन वर्ष बित्न लाग्दासमेत प्राधिकरणले तोकेको २३ नमुना घरबारे स्थानीय द्विविधामा छन् । पुरानो पुस्ता परम्परागत घर बनाउन र नयाँ पुस्ता पक्की घर बनाउन चाहन्छ । ग्रामीण सामग्री प्रयोग गरी घर बनाउँदा सरकारको अनुदान नपाइने हो कि भन्ने भय अझै देखियो । यही कारण पनि अति महँगो शुल्कमा इँटा र सिमेन्टका पक्की घर बनिरहेका छन् । घरवरपर प्रशस्त ढुंगा भए पनि फुटाउने मान्छे नभएको स्थानीयको भनाइ छ । दोलखा तामाकोसी गाउँपालिका-७ की अस्मिता मगर भन्छिन्, ‘ढुंगा त छ नि ! तर, दिनको १५ सय दिन्छु भन्दा पनि ढुंगा फुटाउने मान्छे छैन ।’

काठमाडौंमा १३ रुपैयाँमा पाइने इँटाको मूल्य वरपरकै जिल्ला पुर्‍याउँदा त्यसको मूल्य २४ रुपैयाँसम्म पुग्छ । दोलखाका भूकम्पपीडितले महोत्तरीबाट इँटा ढुवानी गरिरहेका छन् । सिन्धुपाल्चोक र काभ्रेका भूकम्पपीडित काठमाडौं र भक्तपुरबाट महँगो मूल्यमा इँटा खरिद गरिरहेका छन् । भूकम्प प्रभावित गाउँ पुग्दा साँझ अबेरसम्म महिला, बालबालिका तथा वृद्धवृद्धा थुन्चेमा इँटा बोकेर उकालो लागिरहेको दृश्य त सामान्य भइसकेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
सभामूख र उपसभामूख बारे प्रचण्डको यस्तो जवाफ !
Steps to make Your Russian Wife Cheerful Again
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
देशैभर फैलियो मनसुन, यी प्रदेशमा बिहानैदेखि वर्षा
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
नेपाल विरुद्ध संयुक्त राष्ट्रसंघमा मुदा दर्ता गरिदै
नेपाल विरुद्ध संयुक्त राष्ट्रसंघमा मुदा दर्ता गरिदै

तपाईंले छुटाउनुभयो कि?