भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने

सारांश

  • काठमाडौ १२ भदौ।
  • बिम्स्टेक शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन बुधबार  देखि ट्राफिक महाशाखाले  उपत्यकाभित्र लागु हुन लागेको जोर–बिजोर प्रणालीको समय र सीमा तोकिएको छ।
  • गृह मन्त्रालय अन्तर्गत सुरक्षा महाशाखाको आज बसेको बैठकले बिहान ६ बजेदेखि राति १० बजेसम्म सो प्रणाली लागु हुने निर्णय गरेको छ।

काठमाडौ १२ भदौ। बिम्स्टेक शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन बुधबार  देखि ट्राफिक महाशाखाले  उपत्यकाभित्र लागु हुन लागेको जोर–बिजोर प्रणालीको समय र सीमा तोकिएको छ।गृह मन्त्रालय अन्तर्गत सुरक्षा महाशाखाको आज बसेको बैठकले बिहान ६ बजेदेखि राति १० बजेसम्म सो प्रणाली लागु हुने निर्णय गरेको छ। काठमाडौं उपत्यकाभित्र मात्र लागु हुने व्यवस्थाअन्तर्गत राति १० देखि बिहान ६ बजेसम्म भने जुनसुकै सवारी पनि निर्वाध रुपमा सञ्चालनमा आउनसक्ने महाशाखाले जनाएको छ।

बिम्स्टेक सम्मेलनमा खटिने तथा आमन्त्रित व्यक्तिहरु लागि भने निर्वाध रुपमा सवारी सञ्चालन गर्न दिइने छ। त्यस्तै, हवाई सेवा मार्फत काठमाडौं बाहिर जाने यात्रु, बिरामी बोकेको एम्बुलेन्स अन्य आकस्मिक सवारीलाई समेत निर्वाध रुपमा गुड्न दिइने छ।अत्यावश्यक काममा हिँडेको पुष्टि भएमा त्यस्ता सवारीलाई समेत छाडिने महाशाखाले जनाएको छ।

पत्रकारका  भने सूचना विभागबाट परिचयपत्र प्राप्त वा प्रेस पास लिएकालाई मात्र सवारीसाधन सञ्चालन गर्न दिइने छ।महानगरीय प्रहरी महाशाखाका अनुसार बुधबार बिजोर नम्बर प्लेटका सवारीहरु मात्रै गुड्न पाउनेछन्।

बैठकले सम्मेलनलाई नै मध्यनजर गर्दै बिहीबार र शुक्रबार उपत्यकाका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?