नक्कली स्टीकरसहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २०, २०७४
|
|
४० पटक हेरिएको
Shares
नक्कली स्टीकरसहित पक्राउ

सारांश

  • वीरगञ्ज, २० भदौ ।
  • आन्तरिक कार्यालयको छापअंकित ५० केजी ( ८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ ।
  • भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज, २० भदौ । आन्तरिक कार्यालयको छापअंकित ५० केजी ( ८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ ।

भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ । कार्यालयका अनुसार सो स्टीकर काठमाडौँ बौद्धस्थित हरिओम टे«डिंग प्रालिको रहेको अनुसन्धान क्रममा खुल्न आएको छ । सो स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानून प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले कसरी ल्यायो भन्नेबारेमा छानबिन भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख रञ्जीता दत्तले अभियुक्त गुप्तालाई थुनामा राखी बयान लिने काम भइरहेको बताउनुभयो ।

कपडा बरामद

वडा प्रहरी कार्यालय बिर्ताले गए राति वीरगञ्ज महानगरपालिका–५ कारागार क्षेत्रमा रहेको एक घरमा छापा मारी रु २० लाख मूल्य बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको छ ।

सो घरमा डेरा लिई बस्दै आएका उमाशंकर पण्डितले भारतबाट अवैध रुपमा कपडा तस्करी गरी उक्त घरमा राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको प्रहरी निरीक्षक अनीशकुमार कर्णले राससलाई बताउनुभयो । फरार पण्डितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
जब प्रधानमन्त्री ओलीले हाँसिरहेकी महिलाको चित्र कोरे….
तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
नगरपालिकाकाे बिजाेग, ५९ को दरबन्दीमा नौ मात्र कर्मचारी !
नगरपालिकाकाे बिजाेग, ५९ को दरबन्दीमा नौ मात्र कर्मचारी !
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
स्थायी कमिटि बैठकको सामना गर्दै प्रधानमन्त्री ओली
विप्लवलाई गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी
विप्लवलाई गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी
यस्तो छ डोनाल्ट ट्रम्पको जीवनी
यस्तो छ डोनाल्ट ट्रम्पको जीवनी

तपाईंले छुटाउनुभयो कि?