भोली प्रचण्ड र ओलीबीच अन्तिम निर्णायक वार्ता
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, पुुस २१ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भोलि नै एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता हुने स्पष्ट पारेका छन् ।
उनले भने, ‘ओली पनि स्वस्थ हुँदैहुनुहुन्छ । प्रचण्ड पनि भोलि चितवनबाट काठमाडौंबाट भोलि आउने कार्यक्रम रहेको छ, त्यसैले दुई जना प्रमुख नेताहरुवीच भोलि नै वार्ता हुन्छ ।’
त्यस्तै उनले पर्सी एकता संयोजन समितिको बैठक बोलाउने तयारी समेत भैसकेको पनि जानकारी दिए । पदीय व्यवस्थापनमा समस्या आएकोले एकता संयोजन समितिको बैठक बस्न नसकेको भनेर आरोप लागिरहेको बेला भोलि चाहीँ ओली र प्रचण्डबीच एकताको लागि अन्तिम र निर्णायक बैठक बस्न लागेको हो ।
पुस्प राज कार्की्
सहि राम्रो कुरा सुन्न पाइयोस् धन्यवाद
Puran Karki
Sae good x