भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
सारांश
- काठमाडौं ।
- भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् ।
- उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् ।
काठमाडौं । भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् ।तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहरु र फेसबुकमा प्रहरीको बर्दीमा रहेको तस्वीर राखेको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।प्रहरीले दुई दिनअघिमात्र ‘ह्याप्पी तिहार’ बोलको गितका कारण गायक तथा मोडल दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो ।महाशाखाको टोलीले अब उप्रान्त समाजमा अपाच्य गीत नगाउने कागजी सम्झौतासहित थापालाई छाडेको थियो।
प्रतिक्रिया