भारतबाट फर्किएकामा कालाजार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १, २०७५
|
|
५७ पटक हेरिएको
Shares
भारतबाट फर्किएकामा कालाजार

सारांश

  • दार्चुला, १ चैत  भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ ।
  • भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आउनुभएका धामी गत साउन महीनामा घर फर्किनुभएको थियो ।
  • शुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आउनुभएका उहाँको सो रोग निको नभएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउँदा कालाजार भएको पाइएको चिकित्सक अनिल बडालले जानकारी दिनुभयो ।

दार्चुला, १ चैत  भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ ।

भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आउनुभएका धामी गत साउन महीनामा घर फर्किनुभएको थियो । शुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आउनुभएका उहाँको सो रोग निको नभएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउँदा कालाजार भएको पाइएको चिकित्सक अनिल बडालले जानकारी दिनुभयो ।

रगत परीक्षण गर्दा कालाजार भएको प्रमाणित भएकाले उहाँलाई जिल्ला अस्पतालले औषधि दिएर थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी जान भनेको जनाइएको थियो ।

हिमाञ्चलमा कुक भएर काम गरेँ, धनसिंहधामीले भन्नुभयो, “भट्टामा तन्दुरी हाल्थे, स्वास्थ्यको ख्याल गरिएन् । आफू १५ वर्षको उमेर हुँदादेखि हिमाञ्चलमा बस्दै आएको र अहिले घर फर्किदा ज्वरो आउने र कमलपित्त हुनेजस्ता लक्षण देखिएको थियो ।”

गतवर्ष कालाजारका बढी बिरामी भेटिएका कारण क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो वर्ष अहिलेसम्म औषधिलगायत किट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले बताउनुभयो ।

गतवर्ष महाकाली नगरपालिकाकै चार जनामा यो रोग देखा परेकामा एक जनाको ज्यान गएको थियो । कालाजार भेटिएपछि गतवर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोलीले जिल्लाका शङ्कास्पद व्यक्तिमा जाँच गरेको थियो ।

यो रोग लागेपछि दुब्लाउँदै जाने, कमजोर हुने, खोकी लाग्ने, महिनौंसम्म ज्वरो आउने, जिउको रङ कालो हुँदै जाने, छाला खस्रो हुने, रक्तअल्पता, राति पसिना आउने, पेट फुल्ने, कलेजोको आकार बढ्ने, रगत बग्नेजस्ता लक्षण देखापर्ने गर्छ ।

यो रोग लिस्मेनिया नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा सर्ने गरेको चिकित्सक बडालले बताउनुभयो । प्राय गर्मीयाममा साँझपख र राति भुसुना बढी सक्रिय हुन्छन् । पछिल्लो सयम जिल्लामा फोहर बढ्दै जानु, नाली नहर सफाइ नहुनुले पनि भुसुना बढेको बताइन्छ

भुसुनाको टोकाइबाट बच्न लामा बाहुला भएको कमिज, लामो पेन्ट, र मोजा लगाउन र भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझव छ ।

यस्तै साँझको बेला भुसुना बढी सक्रिय हुने भएकाले कारण घरबाहिर नघुम्ने, राति सुत्दा झुल हाल्ने गरे पनि बच्न सकिने स्वास्थ्यकर्मीको सुझाव छ । कालाजार उपचारबाट निको हुने रोग भएकोले समयमै स्वास्थ्य संस्थामा आएर जाँच गराउन पनि स्वास्थ्यकर्मीको आग्रह छ ।

पछिल्लो समय सडकको पहुँच पुगेसँगै तराई क्षेत्रमा पाइने भुसुना लामखुट्टे गाडीसँगै पहाड उक्लिएका हुन् । अहिले चिसो हुने गाउँमा पनि लामखुट्टे देखिन थालेकाले स्वास्थ्यकर्मीले सङ्क्रमण भएको थाहा पाउने वित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित
खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित
उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका
उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका
मण्डपमा बसिरहेकी बेहुलीमाथि कुटपिट, पाँच जना युवा पक्राउ
मण्डपमा बसिरहेकी बेहुलीमाथि कुटपिट, पाँच जना युवा पक्राउ
नौ महिनादेखि तलब नपाएपछि क्याम्पसमा ताला
नौ महिनादेखि तलब नपाएपछि क्याम्पसमा ताला
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
नेपाल अफगानिस्तानसँँग ९६ रनले पराजित, विश्वकपमा छनोट हुन सकेन
नेपाल अफगानिस्तानसँँग ९६ रनले पराजित, विश्वकपमा छनोट हुन सकेन
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै

तपाईंले छुटाउनुभयो कि?