भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता

सारांश

  • गृह मन्त्रालयले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिने निर्णय भइनसकेको बताएको छ ।
  • गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले सामाजिक सञ्जालमार्फत् भोलि र पर्सि सवारीसाधन चल्न पाउने बारे अहिलेसम्म कुनै औपचारिक निर्णय नआएको र आएको खण्डमा जानकारी गराइने जानकारी दिएका छन् ।
  • उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिका संयोजकसहित केही मन्त्रीहरुको बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने अनौपचारिक निर्णय गरेको थियो ।

गृह मन्त्रालयले शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिने निर्णय भइनसकेको बताएको छ । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले सामाजिक सञ्जालमार्फत् भोलि र पर्सि सवारीसाधन चल्न पाउने बारे अहिलेसम्म कुनै औपचारिक निर्णय नआएको र आएको खण्डमा जानकारी गराइने जानकारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिका संयोजकसहित केही मन्त्रीहरुको बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने अनौपचारिक निर्णय गरेको थियो ।

अन्तर मन्त्रालय र प्रदेश मुख्यमन्त्रीको असन्तुष्टिपछि उपत्यकामा अलपत्र र बेरोजगारलाई घर पठाउने निर्णयबाट सरकार पछि हटेको हो ।

बिहीबार दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतले उपत्यकामा अलपत्र बेरोजगार नागरिकलाई घर पुर्याउने निर्णय गरेका थिए।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलसहितको बैठकको निर्णय सार्वजनिक भएलगत्तै चौतर्फी विवाद हुँदा सरकार निर्णयबाट एक घण्टामै पछि हटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?