सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २८, २०७७
|
|
४० पटक हेरिएको
Shares
सिसुवा पहिरोमा चारको जीवितै उद्धार,हराइरहेकाको पहिचान

सारांश

  • खाँदबारी, २८ असार : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ ।
  • पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् ।
  • चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् ।

खाँदबारी, २८ असार : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।

स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । दमका बिरामी मदन राईको हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

पहिराले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ ।

त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खा“दबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
नेप्से परिसूचकमा आज दोहोरो अकंको वृद्धि
७६ अर्बको कारोबार लुकाएको देखियो,उपेन्द्र महतो कर छली प्रकरणमा तानिंदै
७६ अर्बको कारोबार लुकाएको देखियो,उपेन्द्र महतो कर छली प्रकरणमा तानिंदै
‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?
‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
शान्ति सुरक्षाको अवस्था सुदृढ छः गृहमन्त्री थापा
दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग
दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’

तपाईंले छुटाउनुभयो कि?