भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ

सारांश

  • प्रायः मेला महोत्सवमा मात्र देख्न पाइने गाउँ समाजबाट हराउँदै गएको कुडुले घर पाल्पामा देख्न पाइन्छ ।
  • जिल्लाका पूर्वखोला र रम्भा गाउँपालिका, माथागढी, रैनादेवी, छहरालगायतमा साना र एउटा दुई घर देखिए पनि निस्दी गाउँपालिकामा केही बढी छन् ।
  • निस्दी – ४ मित्यालको खाँदरमा केही कुँडुले घर रहेकाले बस्ती नै सुन्दर देखिन्छ ।

प्रायः मेला महोत्सवमा मात्र देख्न पाइने गाउँ समाजबाट हराउँदै गएको कुडुले घर पाल्पामा देख्न पाइन्छ । जिल्लाका पूर्वखोला र रम्भा गाउँपालिका, माथागढी, रैनादेवी, छहरालगायतमा साना र एउटा दुई घर देखिए पनि निस्दी गाउँपालिकामा केही बढी छन् । निस्दी – ४ मित्यालको खाँदरमा केही कुँडुले घर रहेकाले बस्ती नै सुन्दर देखिन्छ ।
निस्दी –४ कै रुप्सेभञ्ज्याङमा रहेको हावाबाट बिजुली तथा निस्दीकै अम्रिसो बगान काउलेडाँडा हेर्न पुगेका पर्यटक घुमाउने घर अर्थात् कुँडुले घर हेर्न खाँदरसमेत पुग्ने गरेको स्थानीयवासी सन्तवीर सुनारीले बताउनुभयो ।
बाक्लो मगर बस्ती रहेको त्यस क्षेत्रमा मगरहरुको संस्कृतिसँग जोडिने कुँडुले घर धेरै जनाको परिवारलाई बस्न समस्या भए पनि हावा, पानी तथा चर्को घामबाट जोगिन सहज हुने सुनारीको भनाइ छ । पछिल्लो समय बनेका सिमेन्ट र जस्ताका घरभन्दा कुँडुले घर गर्मीमा चिसो र जाडोमा तातो तथा न्यानो हुने हुँदा साह्रै आनन्द हुने सुनारी बताउनुहुन्छ ।
प्रायः लेकभेगमा रहेका कुँडुले घर पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेकाले यसको संरक्षण गर्नुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् । आवश्यकतानुसार कोठा कम भएकाले बसाइमा समस्या भए पनि चिसो तथा गर्मीमा भने कुँडुले घर सुरक्षित मानिन्छ । घुमाउरो तरिकाबाट निर्माण, एउटा ढोका, खरको छानो र झ्यालका नाममा एउटा प्वाल मात्रै हुने घर हेर्दा आकर्षक देखिन्छन् । पछिल्लो समय धेरैले सुविधासम्पन्न ढलान गरिएका तथा जस्तापाताले छाएका र टायल लगाएका घर निर्माण गर्दा यस्ता घर लोपोन्मुख अवस्थामा छन् ।
कोठा धेरै नहुने र सुत्न तथा पाहुना राख्न केही समस्या भएका कारण लेकभेगमै बसोबास गर्ने नागरिकहरुले सुविधासम्पन्न हुने अन्य खालका घर निर्माण गर्ने गरेका छन् ।
डाँडाको टाकुरामा कुँडुले घरबाट दक्षिण तराईका फाँट तथा उत्तरमा सुन्दर हिमशृङ्खला लोभलाग्दो देखिन्छ । सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्वी पहाडी क्षेत्र बाक्लो मगर बस्ती रहेको खाँदरमा रहेका कुँडुले घरको संरक्षणमा अब आफू लाग्ने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । पुस मसान्तभित्र गाउँपालिकाभरि रहेका कुँडुले घरको तथ्याङ्क सङ्कलन गर्ने, कुँडुले घर मात्र भएका यस क्षेत्रका नागरिकलाई जग्गाको विकल्प दिने र विशेष खालको योजना बनाएर कुँडुले घर संरक्षण अभियान ल्याइने अध्यक्ष सारुको भनाइ छ ।
मित्यालसँगै निस्दी गाउँपालिकाका डाँडाभेगबाट तराई तथा नेपाल भारत सीमाक्षेत्रसम्म देखिन्छ । यहाँका वनमारा फाँडेर लगाइएका केराखेती, सूर्यमुखी फूलखेती, अम्रिसोलगायत स्थानीय उत्पादन बोडी, सिमी र अदुवाको प्रवद्र्धनका लागि पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउनु आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष सारुको जोड छ ।
गर्मीको समय शीतलताका लागि समेत पुग्न सकिने सुन्दर निस्दीमा हावाबाट बिजुली तथा सौर्यप्रणाली पनि छ । यहाँको काउले वन हेर्नका लागि आउने पर्यटकलाई केही दिनसम्म यस क्षेत्रमा टिकाइराख्न स्थानीय खानपान, रहनसहनको पहिचान दिँदै कुँडुलेघरको संरक्षण अत्यावश्यक रहेको उहाँले बताउनुभयो । कुँडुलेघरको संरक्षण गर्न सके बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने स्थानीय नागरिकको भनाइ छ ।(तस्वीर छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जनता पार्टीका लागि रेशम चौधरी देखाउने दाँत !
राष्ट्रिय जनता पार्टीका लागि रेशम चौधरी देखाउने दाँत !
कुलमानविरुद्ध अख्तियारमा उजुरी
कुलमानविरुद्ध अख्तियारमा उजुरी
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
Participants take interest in Nepal’s natural beauty in PATA Travel Mart-2018
Participants take interest in Nepal’s natural beauty in PATA Travel Mart-2018
मनशुन प्रवेशसँगै नदी तटीय क्षेत्रमा सतर्कता
मनशुन प्रवेशसँगै नदी तटीय क्षेत्रमा सतर्कता
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ
एक जरुरी टिप्पणी भन्दै आफ्नो विरुद्ध लेख्नेहरुलाई रबि लामिछानेको यस्तो जवाफ
फिस्टुला रोगबारे अभिमुखीकरण
फिस्टुला रोगबारे अभिमुखीकरण
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
डा कोइराला भन्छन् : आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .

तपाईंले छुटाउनुभयो कि?