मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १३, २०७७
|
|
४८ पटक हेरिएको
Shares
मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने

सारांश

  • कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ ।
  • मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।
  • चीनबाट शुरू भएको कोभिडको महामारी विश्वव्यापी हुँदै नेपालसम्म फैलिन थालेपछि सरकारले गतवर्ष चैत ११ देखि देशव्यापी बन्दाबन्दी गरेको थियो ।

कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

चीनबाट शुरू भएको कोभिडको महामारी विश्वव्यापी हुँदै नेपालसम्म फैलिन थालेपछि सरकारले गतवर्ष चैत ११ देखि देशव्यापी बन्दाबन्दी गरेको थियो । गत साउनमा बन्दाबन्दी अन्त्य भएपछि लाइसेन्सका लागि आवेदन खोल्ने तयारी विभागले गरे पनि पुनः संक्रमणको जोखिमका कारण तत्काल आवेदन नखोल्ने निर्णय गरेको थियो ।

मंगलवारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड पूरा गरी पुनः लाइसेन्सको सेवा सुचारु गर्ने निर्णय गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । विभागले प्रादेशिक कार्यालयमार्फत लाइसेन्सका लागि परीक्षा लिने तयारी गरेको हो । सेवाग्राहीले अनलाइनमार्पmत फारम भरिसकेपछि मिति तोकेर लिखित तथा ट्रायल परीक्षा गरिने विभागका प्रवक्ता भुसालले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित
जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?
किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
माओवादी नेता वर्षमान पुन बैंकक जाँदै
माओवादी नेता वर्षमान पुन बैंकक जाँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक
शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक
माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड
माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा
शान्ति सम्झौताको बाह्र वर्ष: ‘बेवास्ता भयो’ भन्दै देशभरिका पीडित राजधानीमा

तपाईंले छुटाउनुभयो कि?