मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २९, २०७९
|
|
३३ पटक हेरिएको
Shares
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप

सारांश

  • गोरखाको सिरान्चोक गाउँपालिकाले मतदाता प्रभावित पार्ने गरी वडा नम्बर ७ स्थित श्रीनाथकोटमा मौन अवधिमा सडक सर्भे गरेको आरोप लागेको छ ।
  • बिहीबार गाउँपालिकाका प्राविधिक टोलीले उक्त ठाउँमा सडकको सर्भे गरेको स्थानीय विकास पाण्डेले बताए ।
  • उनले भने, ‘बिहान गाउँपालिकाका दुई जना प्राविधिक टोली आएर सडक सर्भे गरेका छन् ।

गोरखाको सिरान्चोक गाउँपालिकाले मतदाता प्रभावित पार्ने गरी वडा नम्बर ७ स्थित श्रीनाथकोटमा मौन अवधिमा सडक सर्भे गरेको आरोप लागेको छ । बिहीबार गाउँपालिकाका प्राविधिक टोलीले उक्त ठाउँमा सडकको सर्भे गरेको स्थानीय विकास पाण्डेले बताए ।
उनले भने, ‘बिहान गाउँपालिकाका दुई जना प्राविधिक टोली आएर सडक सर्भे गरेका छन् । प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर गएको हो ।’ प्राविधिकहरू शिशिर भट्ट र पारस चन्दलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जौवारीका प्रमुख इन्सपेक्टर प्रकाश पौडेलले जानकारी दिए । प्रहरीले उनीहरूलाई जनकल्याण माविको मतदान केन्द्रमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?