मतदान जारी (फोटो फिचर)

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ४, २०७९
|
|
४० पटक हेरिएको
Shares
मतदान जारी  (फोटो फिचर)

सारांश

  • काठमाडौं- लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरु भएको छ ।
  • मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ ।
  • निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

काठमाडौं- लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरु भएको छ ।

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी खटिइएका छन् ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने
यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
टेलिकमको आइपी टिभी शुक्रबारदेखि
टेलिकमको आइपी टिभी शुक्रबारदेखि
मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल
मेरो पहिलो प्राथमिकतामा भीमफेदी-काठमाडौं सुरुङमार्ग : मन्त्री फुयाँल
नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल
एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल