मतपेटिका जोगाउन चार दलका आ आफ्ना ताला !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
मतपेटिका जोगाउन चार दलका आ आफ्ना ताला !

सारांश

  • बागलुङ,१२, मंशिर जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सबै मतपेटिका सोमबार सदरमुकाम ल्याइएको छ।
  • मतदाताले आफ्ना प्रतिनिधि चुन्न गरेको अमूल्य मत सुरक्षित रुपमा जिल्ला सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।
  • सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका ल्याइएको थियो भने जिल्लाको पश्चिम दक्षिणका दुर्गम स्थानका मतपेटिका सोमबार साँझ सम्म सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।

बागलुङ,१२, मंशिर
जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सबै मतपेटिका सोमबार सदरमुकाम ल्याइएको छ। मतदाताले आफ्ना प्रतिनिधि चुन्न गरेको अमूल्य मत सुरक्षित रुपमा जिल्ला सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका ल्याइएको थियो भने जिल्लाको पश्चिम दक्षिणका दुर्गम स्थानका मतपेटिका सोमबार साँझ सम्म सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । ‘सबै ठाउँका मतपेटिका सुरक्षित रुपमा सदरमुकाम ल्याएर राखिएको छ I

उनले भने, ‘दुर्गमका नगर र गाउँपालिकाको केन्द्रमा प्रहरी सुरक्षाका बिच राखिएका मतपेटिका पनि सदरमुकाम ल्याएर आयोग र निर्वाचनमा सम्वद्ध दल सहित चार वटा ताला लगाएका छौँ।’

लोकतन्त्रका लागि यो प्रवृत्ति राम्रो नभए पनि चुनावमा सबै दलको जित्ने आकांक्षा र आशंकाका कारण विश्वासका लागि उक्त विकल्प अपनाइएको जिल्ला न्यायाधीश समेत रहेका पण्डितले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?