मदन भण्डारीकै स्मृति पारेर पार्टी एकताको प्रस्ताव राखेको थिएँ : प्रचण्ड
सारांश
- काठमाडौं, ३ जेठ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीकै स्मृति पारेर आफूले नै पार्टी एकताको प्रस्ताव राखेको बताएका छन् ।
- एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा बल्खुमा आज बिहिबार बिहान आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले आफूले नै आजको दिन प्रस्ताव गर्न पाएकोमा गर्व लागेको बताए ।
- ‘आज नै हामी ऐतिहासिक मोडमा प्रवेश गर्दैछौं’ प्रचण्डले भने, ‘हामी दुई अध्यक्ष बीचमा कुरा गर्दा कमरेड मदन भण्डारीको अवशान भएको दिन पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको थिएँ ।
काठमाडौं, ३ जेठ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीकै स्मृति पारेर आफूले नै पार्टी एकताको प्रस्ताव राखेको बताएका छन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा बल्खुमा आज बिहिबार बिहान आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले आफूले नै आजको दिन प्रस्ताव गर्न पाएकोमा गर्व लागेको बताए ।
‘आज नै हामी ऐतिहासिक मोडमा प्रवेश गर्दैछौं’ प्रचण्डले भने, ‘हामी दुई अध्यक्ष बीचमा कुरा गर्दा कमरेड मदन भण्डारीको अवशान भएको दिन पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको थिएँ ।’
आजको दिनलाई एउटा नयाँ प्रक्रियाको शुरुवातको रुपमा उनले व्याख्या गरेका छन् । आजको पार्टी एकताले स्वर्गीय भण्डारी र आश्रितप्रति निकै ठूलो श्रद्धाञ्जली र सम्मान प्रकट गरिएको हुने प्रचण्डले बताए ।
आफूहरुले पार्टी एकता गरेर इतिहास बनाउन लागेको उनको भनाइ छ । मदन भण्डारीलाई जनताले जन्माएको एउटा नेता बताउँदै इतिहासलाई नयाँ ढंगले जन्माउने कोशिस गर्दागर्दै भण्डारीको निधन भएको र सबैको प्रेरणाको श्रोत भएको प्रचण्डले बताए ।
आज एमाले र माओवादीको पार्टी एकता हुँदैछ ।
Justin Biral
? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ мσяиιиg <3
? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 9:34 AM ?
??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???
Tanka Giri
राम्रो कामको सुरुवात भयो कम्रेड अब सबै मिलेर एकचित्त भएर देश बिकासमा जुटौ
Man Dhoj Lama
हजुर लाई नि मदन भन्डारी नबनाइयोस ।
Mine Tamang Yonjan
Tyota bannai pardainani mama