कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक

सारांश

  • काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र इजरायलका राजदूत बोनी ओमेरबीच भेटवार्ता भएको छ।
  •  मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए।
  • ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ’, प्रचण्डको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ, ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्।

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र इजरायलका राजदूत बोनी ओमेरबीच भेटवार्ता भएको छ। मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए।

‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ’, प्रचण्डको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ, ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्।’

प्रचण्डले कृषिमा आधारित उद्योगका लागि आफूहरू इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए।

इजरायलका राजदूत ओमेरले आफूहरू नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए। ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन्। यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं’, उनले भने।

‘सिकौ र कमाऔं’ भन्ने नीति इजरायलकाे रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न अाफूहरू तत्पर रहेको धारणा राखे।

प्राकृतिक रुपमा कृषिका लागि अनूकुल वातावरण नभए पनि कृषि प्रविधि र उन्नत विउविजनका कारण इजरायल कृषिकर्ममा विश्वकै नमूना मुलुक हो। इजरायलमा सहकारीमार्फत कृषि उत्पादन र बजारीकरण हुँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?