मदारबाबा मेलामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३९ पटक हेरिएको
Shares
मदारबाबा मेलामा एकको मृत्यु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । मदारबाबा मेला जानका लागि पहाड चढ्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाँउपालिका–६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा आज बिहान ती भारतीय नागरिकको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल चालिसेले बताए ।

भारत उत्तरप्रदेश कुशीनगरका ५५ वर्षीय रसुल जनेवाको आज बिहान मृत्यु भएको हो । उकालो पहाड चढ्ने क्रममा समस्या भएपछि त्यहीँ रसुलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्ना छोरासँगै मदारबाबा मेला भर्न आउनुभएको थियो । हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदार थान मेलामा भक्तजनको घुइँचो छ । माघ २७ गतेदेखि सुरु भएको मेला फागुन ६ गतेसम्म चल्ने छ ।

बाक्लो भीडका कारण मदारथानसम्म जान उकालो पहाड चढ्नुपर्छ । पश्चिम नवलपरासीको सुस्ता महलबारीदेखि बाबाको मुख्य मजारसम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । यस वर्ष करिब १० लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ । मदारबाबा मुस्लिम समुदायका गुरु रहे पनि सबैका प्रतिष्ठाको रूपमा रहेको धार्मिक विश्वास छ । मेलामा भारत र नेपालका लाखाँै हिन्दूले वर्षौंदेखि पूजा गर्दै आएका छन् । त्यसैले यसलाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

As to why Women Are Looking For Marriage Partners
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय २८ जना कोरोना संक्रमित थपिए
दिउसै ३ लाख लुटियो
दिउसै ३ लाख लुटियो