मनाङ जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २३, २०७४
|
|
५८ पटक हेरिएको
Shares
मनाङ जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते

सारांश

  • २३ असोज, लमजुङ ।
  • अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।
  • लमजुङ सदरमुकाम बेंसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो ।

२३ असोज, लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

लमजुङ सदरमुकाम बेंसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको हो । गम्भीर घाइते बेरिडलाई उपचारको लागि बेँसीशहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

चालकसहित १२ जना सवार जिप दुर्घटना भएको थियो । दुर्घटनामा अन्य दुई नेपालीसहित नौ जना विदेशी पर्यटक सामान्य घाइते भएका ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीले जानकारी दिए ।

सामान्य घाइते एक नेपालीलाई लमजुङ अस्पतालमा उपचार गरिएको छ भने अन्यलाई हेलीकप्टरमार्फत काठमाडौँ लाने तयारी गरिएको छ । जिप बेँसीशहरबाट पर्यटक लिएर तालसम्मको लागि नै गएको बुझिएकोे छ ।

बेँसीशहर–चामे सडकखण्डबाट तालतर्फ जाने घुम्तीमा उक्त जिप दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पूर्वमा कर्फ्यू लगाइयो
रुकुम पूर्वमा कर्फ्यू लगाइयो
आसमा बित्यो तीन वर्ष, अझै कति…
आसमा बित्यो तीन वर्ष, अझै कति…
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै
नेपाली पत्रकारिताको प्राथमिकता र परीक्षण
नेपाली पत्रकारिताको प्राथमिकता र परीक्षण

तपाईंले छुटाउनुभयो कि?