मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका

सारांश

  • मुम्बइ।
  • आजकाल दीपिका पादुकोण र विक्रान्त मेसी स्टारर छपाकको सुटिङ दिल्लीमा चलिरहेको छ ।
  • फिल्मको कहानी लक्ष्मी अग्रवालको जीवनमा आधारित छ जसमाथि एसिड हमला भएको थियो ।
मुम्बइ। आजकाल दीपिका पादुकोण र विक्रान्त मेसी स्टारर छपाकको सुटिङ दिल्लीमा चलिरहेको छ । फिल्मको कहानी लक्ष्मी अग्रवालको जीवनमा आधारित छ जसमाथि एसिड हमला भएको थियो । केही दिनदेखि फिल्मको सेटका विभिन्न तस्बिर र भिडियो भाइरल भइसकेका छन् । यस्तै, अब फिल्मको अर्को भिडियो भाइरल भइरहेको छ जसमा दीपिका र विक्रान्त चुम्बन गरिरहेको देख्न सकिन्छ ।
भाइरल भिडियोमा देखिए अनुसार दीपिका–विक्रान्तको छतमा छन् र एक–अर्कालाई चुम्बन गरिरहेका छन् । यतिबेला दीपिकालाई  गुलाबी रङको कुर्ता लगाइरहेको देख्न सकिन्छ भने विक्रान्त हल्का खैरो रङको कुर्तामा देखिएका छन् । अर्को घरको छतमा बसेर मानिसहरु उनीहरु चुम्बन गरिरहेको हेरिरहेका छन् । यसअघि पनि सुटिङको भिडियो भाइरल भएको थियो जसमा दीपिका स्कूलको युनिफर्ममा देखिएकी थिइन् ।
डेक्कन क्रोनिकल्सको रिपोर्ट मान्ने हो भने सुटिङका दृश्य लगातार चुहिएपछि निर्देशक मेघना गुल्जार निकै चिन्तित छिन् । उनी फिल्म रिलिज हुनु अघि यससँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक होस् भन्ने चाहन्नन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?