नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३, २०८०
|
|
५६ पटक हेरिएको
Shares
नागरिक उन्मुक्ति पार्टीले गर्‍यो आन्दोलनको घोषणा

सारांश

  • काठमाडौँ ।
  • नागरिक उन्मुक्ति पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ ।
  • आज पत्रकार सम्मेलनको आयोजनामा टिकापुर घटनामा ठोषी ठहर भएका रेशम चौधरीको रिहाइ नभएसम्म नेपाल बन्द गर्ने समेत चेतावनी दिएको हो ।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ । आज पत्रकार सम्मेलनको आयोजनामा टिकापुर घटनामा ठोषी ठहर भएका रेशम चौधरीको रिहाइ नभएसम्म नेपाल बन्द गर्ने समेत चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने भन्दै आन्दोलनको घोषणा गरेको हो ।

त्यस्तै,पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका छन् । साथै,उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरेका छन् ।

उनले यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताए । पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने उनले बताए । त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी उनले दिए । यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा पण्डितले जोड दिए ।

(solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?