बालविवाह सम्बन्धी अभिभावकलार्इ तालीम

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ६, २०७५
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • लिबाङ, रोल्पा, ६ असार ।
  • जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालीम सम्पन्न भएको छ ।
  • परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालीम असार ३ गते सम्पन्न भएको हो ।

लिबाङ, रोल्पा, ६ असार । जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालीम सम्पन्न भएको छ ।

परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालीम असार ३ गते सम्पन्न भएको हो । तालीममा अभिभावकले बडो रुचीका साथ सहभागिता जनाएका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), रोल्पाको आर्थिक सहयोग रहेको थियो । स्थानीय सहकारी संस्थाका अध्यक्ष पूर्णा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनमगरको प्रमुख आतिथ्यता रहेको थियो ।

देशकै तुलनामा रोल्पा जिल्लामा बालविवाह दर अधिक रहेको हुँदा यस्को रोकथाम तथा न्यूनीकरणका लागि अभिभावकलाई तालीम दिइएको (युएनएफपीए)रोल्पाका खगेन्द्र भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोल्पामा बालबालिकाको इच्छाअनुसार होस् वा अभिभावकको मञ्जुरीमा होस् मागी विवाहभन्दा भागी विवाह बढी हुने प्रचलन छ । त्यो पनि १४÷१५ वर्षदेखि नै बालविवाह हुने गरेको हुँदा अभिभावकलाई तालीमको आवश्यकता महसुस गरिएको भट्टले जानकारी दिनुभयो । यसबाहेक जिल्लामा विभिन्न समय समयमा किशोरकिशोरीका लागि पनि यस किसिमको तालीम सञ्चालन हुँदै आएको छ ।

तीन दिनसम्म चलेको तालीमको सहजीकरण महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य र समाजसेवी तथा अधिकारकर्मी गीता वलीले गर्नुभएको थियो ।

कार्यक्रमका सहभागी भएका अभिभावकले अज्ञानता तथा चेतना अभाकका कारण आजका दिनसम्म आइपुग्दा बाल विवाहमा परिवारले स्वीकृति दिएको भए पनि अबका दिनमा बालविवाह न्यूनीकरणमा सबै साथ सहयोग र ऐक्यबद्धता हुने प्रतिबद्धता जनाएका थिए ।

बालविवाह न्यूनीकरणका लागि कुनै व्यक्ति वा संस्थाको एकल प्रयासमात्र पर्याप्त नहुने भएको हुँदा सबैले एकजुट भई जिल्लामा सञ्चालनमा रहेको अभियान सफल पार्नुपर्नेमा रेडक्रस रोल्पाका अध्यक्ष पुनले जोड दिनुभयो ।

उहाँका अनुसार असम्भव भन्ने कुरा केही पनि नहुने भएको हुँदा यो अभियानमा बालबालिका स्वयं तथा तिनका अभिभावक र सरोकारवाला अझ सक्रियरुपमा अघि बढे जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्छ ।

यस्तै, स्थानीय समाजसेवी पविता सुवेदीका अनुसार उमेर नपुगी भएका अधिकांश विवाह अन्तमा सम्बन्धबिच्छेदमा परिणत हुने गरेको हुँदा उच्च शिक्षा हासिलपश्चात आफू सक्षम भएर मात्र विवाह गर्न जरुरी देखिन्छ । अन्यथा बालविवाहका कारण अन्य विभिन्न समस्या थपिँदै जाने भएको हुँदा यस्ले बालविवाह गर्ने जोडीलाई मात्र नभई तिनका अभिभावकलाई समेत जिन्दगीभरि पीडा दिनेगर्छ । यस विषयमा अभिभावक पनि सचेत र सजग हुनुपर्ने उहाँको सुझाव छ ।

जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार रोल्पामा सबैभन्दा बढी सम्बन्धबिच्छेदका घटना दर्ता हुनेगरेका छन् । यसरी सम्बन्धबिच्छेद गर्ने जोडीमा आधाभन्दा बढी बालविवाह गर्ने जोडी नै सम्बन्धबिच्छेदमा पुग्ने गरेको पाइन्छ । त्यसैले, बालबालिका मात्र नभई तिनका अभिभावकसमेत सचेत बन्नुपर्नेमा अधिकारकर्मीको जोड छ ।

तालीम निकै सान्दर्भिक भएको हुँदा जिल्लाका सबै गाउँपालिकामा यस किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
कीर्तिपुर मैदानमा नेतादेखि दर्शकसम्मको भीड (तस्बिरहरू)
मनसुनजन्य विपदमा परी देशभर एक सय ५० को मृत्यु
मनसुनजन्य विपदमा परी देशभर एक सय ५० को मृत्यु
महिलाका कारण गुगलका वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारी बर्खास्त
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
चीनले थाल्यो कलंकी–चावहिल सडक विस्तारको काम
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण कम्तिमा ३० जनाको ज्यान गयो’
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण
निर्वाचन सहायक कर्मचारीमाथि आक्रमण
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

तपाईंले छुटाउनुभयो कि?