मन्त्रालयका सचिव माथि स्वकीय सचिवले गरे हातपात प्रयास !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ९, २०७५
|
|
५० पटक हेरिएको
Shares
मन्त्रालयका सचिव माथि स्वकीय सचिवले गरे हातपात प्रयास !

सारांश

  • सुर्खेत,  ९ जेठ ।
  •   कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास भएकाे छ ।
  • द्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेकाे बताइएकाे छ।

सुर्खेत,  ९ जेठ ।  कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास भएकाे छ ।

द्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेकाे बताइएकाे छ।

बुधबार कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपात प्रयास गरेका हुन्। प्रहरीले तीनै जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो।

सचिव झाले मन्त्रीका स्वकीय सचिव बुढासहितका केही युवाहरुले मदिरा सेवन गरेर आफूमाथि हातपात गर्न खोजेको बताए । ‘मेरो सुरक्षाका लागि खटिएका सशस्त्र बन रक्षकका जमदारले  बाहिरबाट ढोका बन्द गरेकाले ठूलो घटना हुन पाएन्’ उनले भने, ‘कार्यकक्षबाट बाहिर निस्कन पनि असुरक्षा महशुस भइराखेको छ ।’

बैशाख १ गते कर्णाली प्रदेश सरकारले मुगुको रारातालबाट सुरु गरेको कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा व्यक्तिगत रकम खर्च भएको भन्दै स्वकीय सचिव बुढाले सचिव झासँग रकम माग्ने गरेका थिए । उनले ‘अनियमित रकम’ दिन नमिल्ने बताएपछि युवाहरुलाई ल्याएर आफूमाथि कुटपिट प्रयास भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले सचिव झाले आफूमाथि हातपात हुन लागेको जानकारी गराएपछि प्रहरी टोली पठाएर तीनै जनालाई पक्राउ गरिएको बताए । ‘पक्राउ परेकाहरुले हातपात नभएको बताएपछि हामीले छोडेका छौं’ डिएसपी चौधरीले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला
जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’
पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’
भोटेकोशीका बाढीपीडितलाई शाही युवा शक्तिद्वारा खाद्यान्न तथा राहत सामग्री वितरण
भोटेकोशीका बाढीपीडितलाई शाही युवा शक्तिद्वारा खाद्यान्न तथा राहत सामग्री वितरण
खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी
खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस

तपाईंले छुटाउनुभयो कि?