मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
४७ पटक हेरिएको
Shares
मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने

सारांश

  • काठमाडौँ ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौँ विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ ।
  • मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो ।

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौँ विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ ।

मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले भूमि प्रशासनका विषयमा अध्ययन अनुसन्धान गर्नु आवश्यक भएकाले काठमाडौँ विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले विश्वविद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेट्रिक इन्जिनियरिङ विषयमा पढाइ भइरहे पनि भूमि प्रशासन बहुविधायुक्त क्षेत्र भएको हुँदा अन्य विधामा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे ।

विश्वविद्यालयका उपकुलपति भोला थापाले मन्त्रालयसँग सहकार्य गर्न इच्छुक रहेको बताए । रजिस्ट्रार अच्युत वाग्लेले विश्वविद्यालय र सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन
नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
राजश्व सङ्कलन २८ प्रतिशत कम
राजश्व सङ्कलन २८ प्रतिशत कम
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
नेकपाका भट्टराई दोब्बर मतले अगाडि
नेकपाका भट्टराई दोब्बर मतले अगाडि
ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्के
ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्के
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’

तपाईंले छुटाउनुभयो कि?