मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा

सारांश

  • काठमाडौं।
  • अहिले राजनीतिक वृतमा मन्त्रिपरिषद पुनर्गठनको चर्चा निकै चुलिएको छ।
  • हुन त यो विषय अहिले मात्रै नभए करिव एक वर्ष अगाडि देखि नै चर्चामा थियो।

काठमाडौं। अहिले राजनीतिक वृतमा मन्त्रिपरिषद पुनर्गठनको चर्चा निकै चुलिएको छ। हुन त यो विषय अहिले मात्रै नभए करिव एक वर्ष अगाडि देखि नै चर्चामा थियो। दुई तिहाइ बहुमतको सरकारले सोचे अनुरुप काम गर्न नसकेको भन्दै नेकपाभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने दबाव थियो। प्रधानमन्त्रीको स्पिरिट अनुसार मन्त्रीहरुले काम गर्न नसकेको भन्दै केही मन्त्री फेर्न प्रधानमन्त्रीलाई पार्टीभित्रै बाट दबाब थियो।

तर प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गर्दै आएका थिए। तर पछिल्लो समय प्रधानमन्त्री ओली आफैंले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको पार्टी सचिवालय बैठकमा जानकारी गराएपछि यो विषय अहिले चर्चाको केन्द्रमा छ। पार्टी सचिवालयले प्रधानमन्त्री ओलीलाई मन्त्रि हेरफेर गर्न सहमति दिएपछि सोमबार बिहानैदेखि मन्त्री हुन नेताहरुको दौडधुप चलेको चर्चासमेत थियो।

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने मुड रहे पनि अहिलेका मन्त्रीलाई कसरी हटाउने भन्ने प्रक्रियाबारे निक्र्यौल नहुँदा मन्त्रिमण्डल पुनर्गठनको विषयमा चर्चामा आउने तर, यत्तिकै सेलाउने गरेको छ। प्रधानमन्त्री ओली कुनै पनि मन्त्रिलाई असफलको ट्याग नलागोस भन्नेमा सचेत छन्। त्यसैले मन नपराए पनि प्रधानमन्त्री ओलीले कसैलाई पनि पदमुक्त गर्न सकिरहेका छैनन्।
सोमबार बेलुका यही बिषयमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबीच करिव तीन घण्टा छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको बालुवाटार निकट स्रोतले जनाएको छ।

सोमबार दुई अध्यक्षबीच हटाउने र नयाँ ल्याउने मन्त्रीका विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएन। दुवै जनामाथि अर्का वरिष्ठ नेता माधव नेपालको चित्त बुझाउनु पर्ने बाध्यता छ। प्रधानमन्त्रीले करिव सात जना मन्त्री हटाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्री ल्याउने तयारी गरेका छन्। पार्टीभित्रको सन्तुलत मिलाउन माधव नेपालको चित्त बुझाउनुपर्ने बाध्यता छ। पद थोरै र आकांशी धेरै हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको स्रोतले जनाएको छ।

अहिले पनि कसलाई मन्त्री बनाउने र हटाउने भन्ने विषयमा सहमति नहुँदा मन्त्रिपरिषद पुनर्गठन अन्योलमा परेको छ। अहिले मन्त्रिपरिषद विस्तार गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेपनि कुन कुन मन्त्रीलाई हटाउने र उनीहरुको ठाउँमा कसलाई ल्याउने भन्ने विषयमा सहमति भइसकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
मै छोरी अप्जसी (कविता)
मै छोरी अप्जसी (कविता)
पूर्वी पहाडमा चासोक तङनामको रौन
पूर्वी पहाडमा चासोक तङनामको रौन
देशैभर फैलियो मनसुन, यी प्रदेशमा बिहानैदेखि वर्षा
How to Install Glucose Mommy Day App With respect to Local Rich Women

तपाईंले छुटाउनुभयो कि?