मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
५१ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी

सारांश

  • काठमाडौं, माघ ३ ।
  • मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
  • आजको बैठकले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ ।

काठमाडौं, माघ ३ । मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ ।

संविधानअनुसार प्रदेश प्रमुख चयन नहुँदा नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध छ।
प्रदेश प्रमुख नियुक्तिको ढिलाईले राष्ट्रिय सभाको घोषित निर्वाचन प्रभावित हुन सक्ने देखिएपछि सरकारले हिजो सोमबार मन्त्रिपरिषद बैठक बोलाएको थियो । तर दलहरूबीच सहमति जुट्न नसक्दा अन्तिम समयमा मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।

निर्वाचन आयोगले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न माघ ७ देखि सुरु हुने गरी निर्वाचन कार्यक्रम ल्याइसकेको छ ।

(https://gravityhair.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?